१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लिस्नर्स क्लब नेपालमा चन्द

काठमाडौं  – लिस्नर्स क्लब नेपालको १४औं अधिवेशनले जनक चन्दको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार काठमाडौंमा आयोजित वार्षिक साधारणसभाबाट दुर्गा पौडेल जुनु प्रथम उपाध्यक्ष, लक्ष्मी दाहाल द्वितीय उपाध्यक्ष, सुविद गुरागाई महासचिव, रामगोपाल सेढाई सचिव, विनिता कोइराला कोषाध्यक्ष तथा सुरज ढकाल, सागर पौडेल र आर्यन भुजेल सदस्यमा निर्वाचित भएका छन्।

साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा निवर्तमान अध्यक्ष हरिराम पौडेल, पूर्वअध्यक्षहरू छविरमण अधिकारी, ओमप्रकाश सुवेदी, उत्तमबाबु भट्टराईलगायतले निर्वाचित कार्यसमितिलाई संस्थाको उद्देश्यअनुरूप स्वयंसेवी भावनाले जनचेतना तथा सहयोग अभियान निरन्तर सञ्चालन गर्न सुझाव तथा शुभकामना दिएका थिए।

प्रकाशित: १२ श्रावण २०७६ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App