१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विर्तामोडको हनुमान सेन्ट्रल भवनमा आगलागी

सांकेतिक तस्बिर

झापा- प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ ७ बजे आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ८ बजेसम्म आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए। विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन्।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।

आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उनले बताए। आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ। रासस

प्रकाशित: ११ श्रावण २०७६ १५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App