१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण

उदयपुर– उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण सुरु भएको छ। अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो। जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ।

शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताए। पैँतीस बोरा चामल, दाल र तेल वडाका प्रतिनिधिमार्फत् वितरण गरिएको उनले बताए।

यस्तै लिम्चुङबुङमा ५० बोरा चामल, दाल र तेल आज गाउँपालिको बैठक बसी तत्काल खाद्यान्न सङ्कट भएका वडामा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए। 'सबै ठाउँमा खाद्यान्न ढुवानी गरी वितरण गर्ने तयारीमा छौं,' उनले भने। लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामा खडेरीका कारण मकैबाली नष्ट भएको छ। यहाँ खाद्यान्न अभाव भएको छ।

सदरमुकाम गाईघाट र कटारी क्षेत्रबाट खाद्यान्न ढुवानी गरी सो क्षेत्रका बासिन्दा खानपिनको जोहो गर्दै आएका छन्। खाद्यान्न सङ्कट भएपछि प्रदेश १ सरकारको सहयोगमा जिल्लाको पहाडी क्षेत्रमा सात सय क्विन्टल चामल, दाल र तेल हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App