१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चिनियाँ भाषा मोह

बागेश्वरी माध्यमिक विद्यालय भक्तपुरका विद्यार्थीमा चिनियाँ भाषाको मोह बढेको छ। कक्षा ७ का ९० जना विद्यार्थीले भाषा सिक्न थालेका छन्। बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ का दिपक लेवाले चिनियाँ भाषा सिक्न पाएकोमा खुसी व्यक्त गरे। आफूलाई पहिलादेखि नै चिनियाँ भाषा सिक्ने रहर भएको तर अहिले मात्रै त्यो रहर पूरा भएको उनले बताए। ‘बाटोमा विदेशी घुम्न आएको देख्दा आफूलाई पनि उनीहरूको भाषा बोल्न आएको भए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो,’ उनले सुनाए।

यो कक्षा सके पनि भाषालाई सिक्ने क्रमलाई निरन्रता दिने उनको सोच रहेको उनले बताए। चिनियाँ भाषा सिक्दै गरेकी अस्मिता बरालीले भाषा सिक्न पाएकोमा रमाइलो भएको सुनाइन्। उनले पहिलोपल्ट यस्तो शब्दहरू सुन्दा आश्चर्य भएको उनी बताउँछिन्। यो कक्षा रमाइलोको साथसाथै अलि गाह्रो भएको उनी बताउँछिन्। चिनियाँ भाषाको कक्षामा विद्यार्थी मात्र नभई शिक्षकको आकर्षण पनि उत्तिकै छ।

विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा निर्मित स्थानीय पाठ्यक्रममा विदेशी भाषालाई पनि प्रोत्साहन दिने कुरा अनुसार प्रशिक्षण चलाएको जनाए। यसैलाई मध्यनजरमा राखेर चिनियाँ भाषा सञ्चालनमा ल्याएको उनी बताउँछन्।

भक्तपुरमा बढ्दो पर्यटकको संख्यामा हेर्ने हो भने चिनिया धेरै रहेको उनी बताउँछन्। त्यसैले नयाँ पुस्तालाई चिनियाँ भाषामा आकर्षित गराउनुपर्ने उनको धारणा छ। साथै पर्यटकसँग आत्मिय भावना जगाउनको लागि भाषाको धेरै भूमिका हुने उनी सुनाउँछन्।

चिनियाँ भाषा बेइजिङ भाषा र संस्कृति विश्वविद्यालयबाट स्नातक पढ्दै आएकी लासिमी (विकुलक्ष्मी त्वानाबासु)ले पढाएकी छन्। उनी भन्छिन्, ‘आफूसँग भएको शिक्षा अरुलाई पनि दिउ भन्ने लागेर पढाउन आएकी हुँ। अहिले विद्यार्थीलाई व्यावहारिक कुरा सिकाउँदै आएको उनी बताउँछिन्।

प्रकाशित: ११ श्रावण २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App