१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अस्पतालको उपचारमा अविश्वास

दाङ–गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो । फेरि औषधिले पाठेघरको मुख¬ खुलेन भन्दै अपरेसन गर्नुपर्ने बतायो । नारायणीलाई उच्च रक्तचापको समस्या देखियो, तथापि केही फरक नपर्ने भन्दै अपरेसन गरियो । अपरेसनबाट छोरा जन्मियो तर आमाको स्वास्थ्य झनै बिग्रियो, अर्को दिन बिहानसम्म स्वास्थ्यमा सुधार आएन । विकासले डाक्टरसँग सोधपुछ गरे ।

‘मिर्गौलाले काम गरेको छैन, तुरुन्त काठमाडौं लगिहाल्नुस् भने डाक्टरले,’ विकासले भने ‘त्यसपछि हतार–हतार जहाजबाट काठमाडौं पु¥याएँ । काठमाडौंको ग्लोबल अस्पतालमा भर्ना गरें । अवस्था ‘क्रिटिकल’ भन्दै ग्लोबलले ललितपुरस्थित सुमेरु अस्पतालमा लैजान भन्यो ।’ नारायणीका मिर्गौलाले २५ दिनसम्म काम गरेनन् । डाइलोसिसबाटै प्राण बच्यो । ‘झन्डै एक महिनासम्म डाइलोसिसबाटै बचाइयो,’ नारायणीका दाजु डम्मर भन्छन्, ‘एक महिनापछि बल्ल मिर्गौला सक्रिय बनेका थिए ।’ उपचारपश्चात् निको भएपछि केही दिनअघि मात्रै नारायणी घर फर्किएकी छिन् । दाजु डम्मर भन्छन्, ‘नेपालगन्ज अस्पतालको लापरबाहीका कारण ज्यान जोखिममा प¥यो, झन्डै २० लाख रुपैयाँ खर्च भयो ।’

परेसनपूर्व अर्थात् गर्भवती अवस्थामा नारायणीको स्वास्थ्य सामान्य थियो । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालका प्रसूति विशेषज्ञ डा. सन्देश पौडेलसँग नियमित जाँच गराइरहेकी नारायणीलाई पौडेलले पनि अवस्था सामान्य रहेको बताउँदै आएका थिए । तर, नारायणीको सुत्केरी हुने अवस्थामा डा. पौडेल काठमाडौं गएकाले विकासले नारायणीलाई नेपालगन्ज पु¥याएका थिए ।

नारायणीका आफन्तले अस्पतालको लापरबाहीकै कारण उनको दुवै मिर्गौला महिना दिनसम्म निष्क्रिय बनेको आरोप लगाएका छन् । शारीरिक अवस्थाबारे ख्यालै नगरी अपरेसन गरिएका कारण मिर्गौला गुमेको आरोप परिवारको छ । उनको उपचार भएको अस्पतालले पनि नारायणीको प्रेसर बढी भएका बेला अपरेसन गरिएको र इन्फेक्सन बढी भएको जनाएको छ । ‘अपरेसनको इन्फेक्सन बढी छ,’ उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै डम्मरले भने, ‘त्यस कारण पनि मिर्गौलामा असर परेको हो ।’

प्रसूति विशेषज्ञ डाक्टरका अनुसार उच्च रक्तचापका बेला अपरेसन गरिनु र इन्फेक्सन बढेको खण्डमा मिर्गौला फेल हुने अधिक जोखिम रहन्छ । ‘अपरेसनका बेला बिरामीको रक्तचाप अनि अन्य कुनै संक्रमण भए÷नभएको हेरेर गरिनुपर्छ,’ राप्ती उपक्षेत्रीय अस्पताल दाङका प्रसूति रोग विशेषज्ञ डा. सन्देश पौडेल भन्छन्, ‘रक्तचाप सामान्य नभएका बेला अपरेसन गरियो, अपरेसनपछि इन्फेक्सन बढी भयो भने सीधै मिर्गौला, मस्तिष्क, आँखामा असर पुग्छ ।’

नारायणीसँगै नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार गरिएका चार महिलाको पनि लामो समयसम्म होश आएको थिएन । उक्त घटनाले निम्त्याएको विवादले अस्पतालले अपरेसन थियटर नै बन्द गर्नुपरेको थियो । यो अस्पतालमा यसअघि पनि यस्ता घटना भएका छन् । दाङ हेकुली– २ पदमपुरकी २६ वर्षीया गर्भवती विमला न्यौपानेलाई सुत्केरी व्यथाले च्यापेपछि गत १२ भदौमा दाङको राप्ती अञ्चल अस्पताल पु¥याइयो । सुत्केरी हुनका लागि औषधि खुवाइयो, अवस्था सामान्य नै थियो । तर, रातको १ बजे विमलाको अस्पतालमै मृत्यु भयो ।

मृतकका आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमाथि प्रहार गरे । ‘त्यो घटनापछि विवाद चर्कियो,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी कृष्ण प्रसाईंले भने, ‘औषधि खुवाएपछि मृत्यु हुँदा परिवारजन आक्रोशित भएका थिए ।’ पीडितपक्षले क्षतिपूर्तिको माग गर्दै आन्दोलन ग¥यो । तर, अस्पतालले न्यायिक निकायमा गएर पहल थाल्न भनेपछि पीडित शान्त बने ।

अस्पताल प्रशासन भने हजारमा एकजनालाई हुने समस्या विमलालाई भएको बताउँछ । उक्त औषधि सुत्केरी गराउन खुवाइने भए पनि विमलाको पिसाब शरीरैभरि फैलियो । ‘यो समस्या हजारमा एकजनालाई हुने समस्या हो,’ उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठ भन्छन्, ‘त्यसमा अस्पतालको केही कमजोरी छैन, उहाँको पिसाब एकाएक रोकियो र शरीरैभरि फैलियो, अनि डेथ भएको हो ।’

गत साउनमै दाङको गोर्खा हस्पिटल प्रालिमा पनि यस्तै घटना भयो । एपेन्डिसाइटिसका बिरामी घोराही फुर्सेखालीका रामु पुन उक्त अस्पतालमा भर्ना भए । अस्पतालले उनको अपरेसन ग¥यो । तर उनी होशमा फर्केनन् । परिवारले अस्पताललाई दोषी देखाउँदै आन्दोल नै गरे । अस्पतालले १० लाख रुपैयाँ राहत दिलाएर घटनालाई साम्य पा¥यो । ‘सुरुमा किरिया खर्चबापत एक लाख र पछि नौ लाख रुपैयाँ अस्पतालले दिएको हो,’ पीडित पक्षबाट अस्पतालसँग सहमति गरेकी स्थानीय सम्झना घर्तीले भनिन्, ‘अपरेसनपछि पाइप नराखिँदा पिसाब शरीरैभरि फैलिएर मृत्यु भएको थियो ।’

अस्पतालमा यस्ता घटना बेलाबेला भइरहन्छन् । अस्पतालमा बिरामीको मृत्यु हुनु सामान्य हो । तर, सामान्य बिरामीको अकस्मात मृत्यु हुनुलाई असामान्य मान्दै अहिले अस्पतालविरुद्ध आन्दोलन गर्ने परिपाटीको विकास भइरहेको छ । अस्पतालले ‘बिरामी मारेको’ भन्दै गरिने यस्ता आन्दोलनका कारण सर्वसाधारणको अस्पतालप्रति नै विश्वसनीयता कम हुँदै गएको छ ।

दाङमा भरपर्दो उपचार सेवा नपाउने भन्दै उपचारका लागि नेपालगन्ज पुग्ने दाङवासी अहिले नेपालगन्जदेखि पनि तर्सन थालेका छन् । हेलचेक्र्याइँले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्जका अस्पतालमा आन्दोलन भइरहने भएकाले दाङवासी तर्सेका हुन् । चिकित्सकसमेत अस्पतालप्रति सर्वसाधारणको दृष्टिकोण झन्झन् नकारात्मक बन्दै गएको बताउँछन् । ‘यस्ता घटनाले सर्वसाधारणले अस्पताललाई हेर्ने दृष्टिकोण बदलिँदै गएको छ,’ राप्ती उपक्षेत्रीय अस्पतालका पूर्वप्रमुख मेसु ११औं तहका डा. विकास देवकोटा भन्छन्, ‘अस्पतालप्रतिको सकारात्मक सोचको विकास गर्नु नितान्त जरुरी छ ।’

अस्पतालमा हुने यस्ता घटनाको मूल कारण चिकित्सकले बिरामी वा बिरामीका आफन्तसँग रोगबारे परामर्श नगर्नु हो । बिरामीको अवस्था र हुन सक्ने खतराबारे बिरामीका आफन्तसँग परामर्श नै नगरी उपचार गर्ने परिपाटीले घटना दुःखद बन्दा उग्र रूप लिने गरेको डा. देवकोटा बताउँछन् । ‘हामी चिकित्सकको मुख्य कमजोरी भनेको बिरामीका आफन्तसँग परामर्श नगर्नु नै हो,’ उनले भने, ‘उपचारका क्रममा बिरामीको मृत्यु हुन गयो भने त्यसको सम्पूर्ण दोष चिकित्सकमाथि आइपर्छ ।’ बिरामीलाई उसको रोग र हुन सक्ने खतराबारे जानकारी दिएर उपचार गर्ने संस्कार कमै भएको देवकोटा बताउँछन् । यो संस्कारको विकास चिकित्सकले गर्न सके मात्रै अस्पतालको विश्वसनीयता जोगिने तर्क उनको छ । बिरामीलाई चिकित्सकले समय दिन नसक्दा पनि यस्ता घटना हुने उनको भनाइ छ ।

‘बिरामीलाई समय दिनुपर्ने बेला चिकित्सक उपस्थित हुन सकेनन् भने पनि दुर्घटना निम्तिन सक्छ,’ डा. देवकोटा भन्छन्, ‘यस्तो बेला चिकित्सक बढी सजग हुनुपर्छ ।’
अस्पतालमा बिरामीको मृत्यु भएपछि हुने विवाद र तनावको सम्बोधन आर्थिक लेनदेनमा मात्रै टुंग्याइन्छन् । यसले जनमानसप्रति अस्पतालको दोष प्रमाणित गराउँछ । यस्ता घटनाको सत्यतथ्य सार्वजनिक कतै पनि हुँदैनन् । ‘

छानबिन भएपछि सबै सत्य कुरा बाहिर आउँछ, तसर्थ यस्ता घटनाको अनुसन्धानका लागि विज्ञसहितको छानबिन समिति निर्माण गरिनुपर्छ,’ डा. देवकोटा भन्छन्, ‘घटना रकममा मिलान हुने हुँदा साँच्चै अस्पताल र चिकित्सक दोषी हुन् भन्ने सन्देश जनमानसमा पर्दै गएको छ ।’ त्यसो त, यस्ता कतिपय घटना रकममै मिलान हुने हुँदा बाहिर समेत आउँदैनन् । दाङमै पनि लुकाइएका यस्ता घटना धेरै छन् ।

सर्टिफिकेटकै आधारमा हरेक बिरामीको उपचार गर्न तम्सिने चिकित्सकका कारण पनि यस्ता घटना हुने गरेको डा. देवकोटा बताउँछन् । उनी भन्छन्, ‘उपचार गर्न सक्ने÷नसक्ने चिकित्सकको अनुभवका आधारमा बिरामी हेरिनुपर्छ, सर्टिफिकेटभन्दा अनुभव ठूलो हो ।’
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पुराना पत्रकार दधिराम सुवेदी रोग विशेषज्ञ चिकित्सकको पहिचानै नगरी उपचार गर्न जाने भएका कारण पनि बिरामीको ज्यान जाने गरेको बताउँछन् ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App