१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

घरबिनाको घरको कथा !

ललितपुर–साहित्यकार राम विनयद्वारा लिखित ‘घरबिनाको घर’ कथासंग्रहको लोकार्पण गरिएको छ । ललितपुर पुल्चोकस्थित साझा प्रकाशनमा आइतबार नेकपा एमालेका नेता माधवकुमार नेपालले पुस्तकको विमोचन गरे । विमोचनमा बोल्दै नेता नेपालले देशको ऐतिहासिक कलासंस्कृति बचाउन लेखकहरुको ठूलो भूमिका रहने हुँदा वर्तमान लेखकहरुले त्यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाब दिए ।

विनयद्वारा लिखित पुस्तक देशका राजनीति, प्रशासनिक दुरावस्था, अन्तर्राष्ट्रिय राजनीति लगायतका विषयमा केन्द्रित रहेका छन् । पुस्तकको विमोचन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले पुस्तकले समाजका कुना कन्दरामा लुकेका आवाजलाई उजागर गर्न खोजेको तर्क राखे ।

समारोहमै बोल्दै अर्का अतिथि नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रतीले साहित्यकार विनयद्धारा लिखित पुस्तकले समाजमा हेपिएका स्वरलाई छर्लङ्ग पार्न खोजेको र मनोवैज्ञानिक विषयलाई समेत अति सरस र मिठो शैलीमा पस्केका कारण पुस्तकले पाठकको मन सहजै छुनसक्ने बताए । विमोचन समारोहमा वरिष्ठ साहित्यकार, पाठक, शिक्षक लगायत सरकारी निकायका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App