१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री ज्ञवाली

काठमाडाैं– हरेक वर्षायामसँगै आउने बाढी हाम्रो सर्वकालीन समस्या नै बनिसकेको छ। बाढीसँगै आउने भयावह परिस्थितिको सामना गर्नु नियती नै बनेको छ। डुबानका समस्यामा काठमाडौं उपत्यका लगायत तराईका अधिकांश मुख्य शहर र गाउँबस्ती समेत परिरहेका छन्।

अव्यवस्थित विकास र वर्षाको पानीको निकास नहुने कारणले गर्दा शहरहरू बाढीग्रस्त भइरहेको छ। सारदा ब्यारेजदेखि अन्य ब्यारेजसम्मका पानीलाई अधिकतम उपयोग गरिएको छ। १८८० मा भएका नक्सामा देखाइएका नदीहरुको क्षेत्रफल ठुलो रहेको र त्यसबेला नदीको बाटो र अहिलेको नदीको बाटो बिल्कुलै फरक छ। नदीले समयसँगै आफ्नो बाटो पनि फेरिरहेको छ। जसले गर्दा हाल बाढीको समस्या गम्भीर बन्दै गएको छ। शुक्रबार काठमाडौंमा आयोजित 'बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै उनले सो समस्याको दीर्घकालीन समाधानका लागि ३ वर्ष अघि दुई मुलुकबीचको प्राविधिक टोलीले तयार पारेको डुबान समस्या समाधनसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने पनि बताए।

मन्त्री ज्ञवालीले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई प्रभावकारी ढंगले राहतको व्यवस्था गर्न सरकारले छुट्टै विपद व्यवस्थापन प्राधिकरण बनाउने तयारी गरिरहेको पनि बताए। त्यसका लागि कानुन निर्माणको कामलाई अघि बढाइएको उनको भनाई छ। मन्त्री ज्ञवालीले पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारले सो प्राधिकरण गठन गर्न लागेको पनि स्पष्ट पारे।

भारतले निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन।

 मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्दा द्धिपक्षीय हितलाई नै ध्यानमा राखेर अघि बढनुपर्ने पनि स्पष्ट पारे। उनले दुई मुलुकबीचको डुबान समस्या समाधानका लागि अब बस्ने मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने समझदारी गरिएको दावी पनि गरे। अव छिटै बस्ने दुई मुलुकबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकले सो समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ।

ढिलो गरी सुरु भएको मनसुन सक्रिय भएलगत्तै बाढीको वितण्डा सुरु भएको थियोे। यसबाट काठमाडौं उपत्यका, मध्य–तराईका सबैजसो जिल्ला र पूर्वी तराईका जिल्ला प्रभावित भए। भारतले बाँध नजिक एकतर्फी ढंगले बनाइएका संरचनाका कारण डुबान भएको मन्त्री ज्ञवालीले बताए। बस्तीलाई जोगाउन तटबन्ध बनाउनु पर्छ तर नदीलाई आफ्नै बहावमा बग्न दिनु पर्ने पनि उनले बताए। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १० श्रावण २०७६ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App