१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने चालक पक्राउ

प्रहरीले नियन्त्रणमा लिएको सवारी र चालक। तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ)–बिहीबार बिहान तनहुुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवामा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने जीप र चालकलाई सिसि टिभी क्यामेराको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। जीपको ठक्करबाट स्थानिय ७९ वर्षीय खड्कबहादुर दर्लामीको मृत्यु भएको थियो।

बिहीबार बिहान पैदलयात्रीलाई ठक्कर दिएर भागेको सवारी र चालकलाई प्रहरीले १२ घण्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको हो। पृथ्वीराजमार्गमा राखिएको सिसि टिभीको सहयोगमा दुर्घटनामा संग्लन सवारीको पहिचान गरी नियन्त्रणमा लिएको  प्रहरी उपरीक्षक विनोद सिलवालले बताए। उनका अनुसार ध १ ज ७३८ नम्बरको बोलेरो जीप र चालक बाग्लुङको गलकोट नगरपालिका – ११ बस्ने २४ वर्षीय दिपक दर्जीलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

‘सवारीको ठक्करबाट मृत्य भएको बृद्धको शरीरमा सानो खाले सवारीको डाम भेटियो। त्यो समयमा कुन कुन गाडी क्रस भए भनेर सिसि क्यामेरामा कैद भएका फुटेजहरु हेरियो’, सिलवालले भने, ‘शंकास्पद एउटा जीप काठमाडौँतर्फ गएको देखियो। मुग्लिनदेखी धादिङको मझिमटारसम्मको दुरीमा राखिएका सबै सिसी क्यामेरामा हेर्दा सवारीको नम्बर प्रस्टसँग देखेपछि नियन्त्रणमा लिन सफल भएका हौँ।’

काठमाडौँको बसपार्कबाट नियन्त्रणमा लिएको जीप र चालकलाई विहीबार राति नै जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याइएको छ। अदालतबाट म्याद थप गरेको घटनाको थप अनुसन्धान भईरहेको सिलवालले बताए।

प्रकाशित: १० श्रावण २०७६ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App