१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालय बसमा 'लागुऔषध' र 'नक्कली नोट' ओसारपसार

कपिलवस्तु - पछिल्लो समय प्रहरीले लागुऔषध तथा नक्कली नोटको कारोबार नियन्त्रणमा तीब्रता देखाएपछि तस्करहरुले फरक शैली अपनाएको खुलासा भएको छ।
तस्करहरुले प्रहरीलाई छल्न पछिल्लो समय सार्वजनिक तथा विद्यालय बसको प्रयोग गर्ने गरेका छन्।

आज विहान ८ बजे कपिलवस्तुको मायादेवी नगरपालिका–४ को पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको विद्यालय बसमा लागुऔषध तथा नक्कली नोट ओसारपसार गरेको आरोपमा प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले बसका चालक मायादेवी नगरपालिका ८ बरकुल बस्ने २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँचका क्रममा बसको टुलबक्समा १० पोका खैरो हेरोइन र पाँच सयका नक्कली नोट ८८ थान बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार लु १ क १५५४ नं. को पिस ग्लोबल इंग्लिस बोर्डिङ स्कूल बसमा लागुऔषध र नक्कली नोट भेटिएको हो। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: १० श्रावण २०७६ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App