१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई भारतीयसहित तीन गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्ज - वीरगञ्जमा दुई भारतीयसहित तीन गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय नम्बरका सवारी साधनहरु राजस्व छली पर्सामा अवैध रुपमा चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय गाडी डब्लुबिडी ९६६८ र पिबी२२ एन१५२७ नम्बरको गाडी नियत्रणमा लिएको हो।

त्यसैगरी  नक्कली कागजात भएको नेपाली नम्बर प्लेटको एउटा गाडी लाइ पनि प्रहरीले नियन्त्रणमा लिएको हाे।विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–८ घन्टाघरमा जाँच गर्ने एउटा गाडीको कागजात नक्कली फेला परेपछि पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

ना१च २३५५ नम्बरको जिप नियन्त्रणमा लिई जाँच गर्ने क्रममा सवारी दर्ता किताबमा विलिस कम्पनी उल्लेख भएको तर उपलब्ध कागजात अनुसारको गाडीको स्वरुप नमिलेकोले उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका तीन वटै गाडीलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App