१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सानेलाई क्लबमै हेर्ने ग्वार्डिओलाको इच्छा

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लोरी साने क्लबमै रहेको हेर्न चाहे पनि त्यो व्यक्तिगत निर्णय भएकाले आफ्नो हातमा नभएको बताएका छन् ।

सानेको क्लबसँग अझै २ वर्षको सम्झौता बाँकी छ । तर सम्झौता लम्ब्याउने विषयमा भने कुनेै छलफल भएको छैन । सिटीले बुधबार हङकङको टोली किट्चेमाथि ६–१ को प्रभावशाली जित हात पार्दा सानेले २ गोल गरेका थिए । त्यस्तै डेभिड सिल्भा, रहिम स्लर्लिङ, नाबिल तौयाजी र इकर पाजोले समान एक गोल गरेका थिए ।

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सानेलाई भिœयाउने इच्छा जनाउँदै आएको छ । ‘हामी उनी क्लबमै बसेको हेर्न चाहन्छांै र उनको सम्झौता थप गर्नेबारे उनको एजेन्टसँग प्रस्ताव गरिसकिएको छ,’ ग्वार्डिओलाले भने, ‘त्यो व्यक्तिगत निर्णय हो, जुन हाम्रो हातमा छैन । उनले क्लब छोड्न चाहेमा उनलाई रोकिने छैन तर त्यस्तो निर्णयले हामीलाई दुखी बनाउनेछ । आशा छ उनी हामीसँगै बस्छन् ।’

 

 

प्रकाशित: १० श्रावण २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App