१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

हङकङ – उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर को¥योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा सुरु गर्न लागेको छ। मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर को¥योलाई उडान अनुमति दिएको हो।

उत्तर कोरियाली विमान सेवा एयर को-योले हाल चीनको बेइजिङ र सेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ। एयर का¥ेयोको मकाउ चौथो गन्तव्य हो।

मकाउ नागरिक उड्डयनले जारी गरेको वक्तव्यमा आगामी अगस्ट २ देखि सातामा दुईवटा मकाउ–प्योङयाङ सिधा उडान हुने उल्लेख छ। सन् १९९६ देखि २००४ सम्म दुवै शहरबीच नियमित उडान हुँदै थियो। एसियाको ‘लास भेगास’ का रुपमा लिइने मकाउ र उत्तर कोरियाबीच लामो पारम्परिक सम्बन्ध रहिआएको छ।

उत्तर कोरियाली नेता किम जोङ अनका भतिजा किम जोङ नाम पनि मकाउमै निर्वासित जीवन बिताइरहेका थिए तर उनको सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो। मकाउका व्यापारी स्टान्ले हो ले सन् १९९९ मा उत्तर कोरियामा क्यासिनो प्योङयाङ पनि खोलेका थिए। हाल उत्तर कोरियामा चीनका सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: १० श्रावण २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App