१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विनाशकारी बाढीको पीडा सेलाउन नपाउँदै अर्को बाढीको त्रास (फाेटाे फिचर)

लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक

रौतहट–दुई दिनदेखी जारी अविरल वर्षाको कारण रौतहटको विभिन्न नदी र खोलामा आएको बाढीले कयौं गाउँ डुबानमा परेका छन्। असारको अन्तिम साता बागमती र लाल बकैया नदीका साथै विभन्न खोलमा आएको विनाशकारी बाढीले बिस्थापित बनेकाहरुको जनजीवन सहज हुदै गर्दा पुनः आएको बाढीले थप बिचल्ली बनाएको छ। 

गत मंगलबारदेखी नै मध्य पहाडी तथा चुरे क्षेत्रमा जारीरहेको अविरल वर्षाका सँगै रौतहटको बागमती, लालबकैया, झाझ, चाँदी, अरुवा, झिम, भकुवा लागयतका विभिन्न सहायक नदीमा  आएको बाढीले स्थानीय त्रसित बनेका छन्। जिल्लाको पूर्वी भेगमा बग्ने बाग्मती नदीमा बाढीको पानीको बहाब कम भए पनि लालबकैया नदीमा पानीको वहाव तीव्र रहेको छ। गत २८ असारमा आएको बाढीले बाग्मती र लालबकैया नदीको विभिन्न ११ स्थानमा तटबन्ध फुटाएर बाढीको पानी बस्तिमा प्रवेश गरी ठुलो जनधनको क्षति पुर्याएको थियो।

बाढीले भत्काएका तटबन्ध मरमत हुन नपाउँदै दोश्रो पटक आएको बाढीले फुटेकै ठाउँ भएर बस्तीमा प्रवेश गरी सदरमुकाम गौरसहित दर्जन बढी बस्तिको वरिपरि बाढीको पानी बिहीबार प्रवेश गर्ने क्रम जारी रहेकोले यहाका स्थानीय बासिन्दाहरुमा बाढीको त्रासमा देखिएका छन्। 

लालबकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिकाको बन्जरहा गाउँ पुनः डुबानमा परेको छ। यसैगरी गौर नगरपालिका ६ स्थित सवगढा लचका भएर बाढीको पानी सदरमुकाम वरीपरि पसेर खेतीयोग्य जमिनमा लगाइएको बालीनाली समेत जलमग्न भएको छ। गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्र्तगत सवगढामा रहेको लच्का  (कजवे) मा पानीको वहाव निकै तीव्र भएपछि साना सवारी साधनहरुको आवागमन रोकिएको थियो। सो स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई डोरीको सहाराले गन्तव्य स्थानतर्फ पुर्याउन सघाइरहेका छन।

बकैयाको बाढीले गौर नगरपालिकाको २ नम्बर बडाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी प्रवेश गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले  बताए। भारतीय पक्षले दशगजामै बाँध बाधेपछि पानीको निकास नहुँदा बाढीको पानी थुनिएर सदरमुकाम गौर डुवान हँुदै आएको थियो। बिहीबार बाढीको पानी सदरमुकाममा जम्मा हुन थालेपछि भारतीय पक्षले पानी निकासको लागि बाँधमा बनाइएको साइफनको पानी खोलेपछि बाढीको पानी सहजै रुपमा भारततर्फ निकास भइरहेको छ। बाढीको पानीले बन्जरहा, फतुवामहेशपुर, राजपुर, जिंगडवा, सदरमुकाम गौर नपाको सिसिंया, पुरेनवा, सपगढा, सिसवा, टिकुलिया, दुर्गा भगवतीको बडहर्वा, पचरुखी, मत्सरी, गंगापिपरा र भलोहिया गाउँको वरिपरीको बस्तीमा प्रवेश गर्ने क्रम जारी रहेको छ।

बाढीले अन्य बस्तीहरु पनि डुबानमा पर्ने खतरा बढेको छ। लालबकैया नदीमा आएको बाढीले भत्काएको बाँध भएर बस्तितर्फ पानी प्रवेश गर्न थालेपछि सदरमुकाम गौर देखि राजपुर, इशनाथ, परोहा, बौधीमाई गरी चार नगरपालिका जोडने बाटो अवरुद्ध भएको छ। वागमती नदीमा आएको असमान्य बाढीको पानी गढो र लक्ष्मीपुरमा भत्किएको बाँधबाट पानी पसेको खबर प्राप्त भए पनि बागमती नदीमा जलस्तर कम रहेको हुँदा नआत्तिन प्रमुख जिल्ला अधिकारी किरण थापाले आग्रह गरेका छन्। माथि पानी पर्यो भने वागमती नदीमा ठूलो बाढी आउन सक्ने सम्भावना भएपनि अहिले सदरमुकाम गौर बाढीको उच्च जोखिममा रहेकोले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको प्रजिअ थापाले बताए।

दुई दिनदेखि जारी भारी वर्षाको कारण बाढीको पानी सदरमुकाम गौरको वरिपारीमा आएर डुवान पर्न थालेपछि यहाँका हरेक व्यापारिक प्रतिष्ठानहरुमा सामानहरु मिलाउनमा व्यस्त छन्। विगतको बाढीमा ठुलो क्षती वेहोरेका व्यापारीहरुले आआफना सामानहरु सुरक्षित स्थानहरुमा सार्नमा लागेको उद्योग वाणिज्य संघ रौतहटको अध्यक्ष पंडित जयसवालले बताए। २७ र २८ गतेको बाढीबाट गौरका व्यापारीहरु ठूलो क्षति वेहोर्नु परेको पीडा कम नहुँदै पुनः बाढी आउने संत्रासबाट यहाँका व्यापारीहरु निकै हसोत्साहित भएको अध्यक्ष जयसवालले बताए। बाढीको समस्या दीर्घकालिन रुपमा समाधान भएन भने गौरबाट व्यापारीहरु पलायन गर्ने मनस्थितिमा पुगेको समेत उनले बताए। बाढी हल्ला फिँजिएपछि गौर सदरमुकामका बासिन्दाहरु त्रासबाट रातभरी सुतेका छैनन्।

लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
लाल बकैया नदीमा आएको बाढीको पानी बम नहर हुदै सदरमुकाम तर्फ प्रवेश गर्दै। तस्बिरःमदन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App