१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको काम, कारबाहीको समीक्षा गर्नुपर्ने बेला भएकाे छः नेता नेपाल

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने माग गरेका छन्।

वरिष्ठ नेता नेपालले कमीकमजोरी छन भने सुधारेर अघि बढन पनि सरकारको काम, कार्वाहीको समीक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी पनि गरे। कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले हामीले आफ्नो कमीकमजोरीलाई भने स्वीकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताए। उनले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए।

वरिष्ठ नेता नेपालले पार्टी सही बाटोमा रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिए। उनले जनतासँगको सम्बन्धलाई 'माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि बताए।

प्रकाशित: ९ श्रावण २०७६ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App