१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर

सुजाता काेइराला। फाइल तस्बिर।

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’

एक सातासम्म मलेसियामै उपचार गराएकी कोइरालाको बाँयातर्फको स्तनको शल्यक्रिया गरिएको निकट स्रोले जनाएको छ । ‘एक सातासम्म अस्पतालमै बसेर बायाँतर्फको स्तनमा रहेको समस्याको निदान गरिसक्नुभएको छ’, स्रोतले भन्यो, ‘थप उपचारका लागि विदेश जाने तयारी भइरहेको छ ।’

 

एक सातासम्म मलेसियामै उपचार गराएकी कोइरालाको बाँयातर्फको स्तनको शल्यक्रिया गरिएको निकट स्रोले जनाएको छ । ‘एक सातासम्म अस्पतालमै बसेर बायाँतर्फको स्तनमा रहेको समस्याको निदान गरिसक्नुभएको छ’, स्रोतले भन्यो, ‘थप उपचारका लागि विदेश जाने तयारी भइरहेको छ ।’ नेतृ कोइराला केही दिनअघि स्वदेश फर्केकी हुन् । चिकित्सकले क्यान्सर संक्रमण छिटै फैलिन सक्ने भन्दै दायाँ स्तनको पनि उपचार गर्न सुझाएको स्रोतले बतायो । स्रोतका अनुसार संक्रमण प्रारम्भिक चरणमै रहेकाले उपचार हुने पनि चिकित्सकले बताएका छन् ।

अर्को साता थप उपचारका लागि विदेश जाने तयारी भइरहेको जनाउँदै निकट स्रोतले भन्यो, ‘उहाँ बिरामी भएको कुरा सत्य हो तर स्वास्थ्य परीक्षणका सबै रिपोर्ट नआईकन क्यान्सर नै हो भन्न मिल्दैन ।’

मलेसियाबाट फर्केपछि निवासमै रहेकी नेतृ कोइराला थप उपचारका लागि सरकारले आर्थिक प्रबन्ध मिलाएलगत्तै विदेश जाने तयारीमा छिन् । ‘उहाँको पहिलेदेखि नै ब्रेस्टमा समस्या थियो,’ निकट स्रोतले भन्यो, ‘थप उपचार गर्नुपर्ने देखिएको छ ।’ शनिबार आफूलाई भेट्न आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई उपचारका लागि स्रोत जुटाइदिन कोइरालाले आग्रह गरेको स्रोतले बतायो ।

पारिवारिक भ्रमणका क्रममा असोज २६ गते मलेसिया गएकी कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि संसद् बैठकमा सहभागी हुन नसक्ने जानकारी उनले सहयोगीमार्फत प्रमुख सचेतकलाई गराएकी थिइन् । कोइराला हाल मन्डिखाटारस्थित आफ्नै निवासमा आराम गरिरहेको निकटकाले जनाएका छन् । कोइराला र सहयोगीले समेत उनको स्वास्थ्य अवस्थाका विषयमा औपचारिक जानकारी गराएका छैनन् ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ००:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App