१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सेलेनासँग निकट हुन प्रयासरत जस्टिन

न्युयोर्क – मोडल हेली बल्डिविनसँग वैवाहिक सम्बन्धमा गाँसिसकेका गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत रहेको समाचार बाहिरिएको छ। अमेरिकन सञ्चार माध्यमका अनुसार गत मे महिनामा आयोजित कान्स फिल्म फेस्टिभलदेखि गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत देखिएका छन्।

समाचार स्रोतका अनुसार डिप्रेसनको उपचार गराई रहेका गायक बिबर गायिका गोमेजलाई आफू कस्तो स्थितिबाट गुज्रिरहेको छु भनेर बताउन आतुर रहेको र उनीबाट सुझावको अपेक्षा गरिरहेका छन्। ‘कान्स फिल्म फेस्टिभलदेखि गायक बिबर उनकी पूर्वप्रेमिका गायिका गोमेजसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन्। फेस्टिभलको क्रममा गायिका गोमेजले उनको प्रशंसा गरिदियोस् भन्ने अपेक्षा गायक बिबरले गरेका थिए। पूर्वप्रेमिका गोमेजको कामप्रति आफू अत्याधिक खुसी भएको बताउन चाहन्छन्,’ समाचार स्रोतले भने, ‘तर, उनी विवाहित हुन्।’

सन् २०१८ को मे महिनामा उतार चढावबाट गुजिरहेको बिबर र गोमेजको प्रेम सम्बन्ध ब्रेकअपमा गएर टुँगिएको थियो। सोही वर्षको नोभेम्बरमा उनीहरूको ब्रेअपलगत्तै बिबरले हेली विवाह गरेका थिए। त्यसअघि गायिका गोमेजले सन् २०१६ मा बिबरले आफूलाई धेरै पटक धोको दिइसकेको कुरा समाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्।  मिडियामा आएदेखि बिबरले धेरै युवतीसँग सम्बन्ध गाँसेका थिए। सेलेना गोमेज, माइली साइरस, एरियाना ग्रान्डी, रिटा ओरा र केन्डल जेनरसँग बिबरको नाम जोडिएको थियो। पाँच वर्षअघि हलिउड अभिनेत्री तथा गायिका गोमेज नेपाल भ्रमणमा आएकी थिइन्।

 

प्रकाशित: ९ श्रावण २०७६ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App