१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आर्थिक अपराधका घटना बढे

इटहरी - पूर्वका नाम चलेका कपडा व्यवसायीसहित तीनजनालाई जरिवाना र कैद सजाय तोकिएको छ। राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले राजस्व चुहावटमा झापा, भद्रपुर–५ का कपडा व्यवसायी सञ्जीव घोष, उनका गाडीचालक भद्रपुरकै विकास विश्वकर्मा र सहयोगी महमद इब्रामलाई जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेकोमा जरिवाना र कैद सजायको फैसला गरिएको हो।

जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश पुरुषोत्तम ढकालले गरेको फैसलाअनुसार घोषलाई आठ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय तोकिएको छ। यस्तै, विश्वकर्मा र इब्रामलाई चार लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २३(१) बमोजिम कारबाही गरिएको अदालतले जनायो। थुनछेकको बहस हुँदा व्यापारी घोष एक करोड ४३ लाख, इब्राम २५ लाख र विश्वकर्मा सात लाख पाँच हजार चार सय २१ रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। प्रहरीले गत साउन ११ गते मे१च ३०४९ नम्बरको भ्यानसहित भन्सार तथा राजस्व छलीका कपडा बरामद गरेको थियो। त्यतिबेला गाडीचालक विकास र सहयोगी इब्राम पनि पक्राउ परेका थिए।

कपडा व्यापारीलाई आठ लाख जरिवाना र एक महिना कैदको फैसला

प्रहरीले जिम्मा लगाएका विकास र महमदको बयानबाट व्यवसायी सञ्जीवलाई पक्राउ गरी अनुसन्धान थालेर राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो। सञ्जीवले भारतबाट नेपालमा भन्सार तथा राजस्व छलेर कपडा भिœयाउने काम गर्दै आएकाले जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन डिएसपी नारायण चिमरियाको नेतृत्व टोलीले भ्यानमा ल्याउँदै गरेको कपडा बरामद गरेको थियो। प्रहरीले सूर्या इन्टरप्राइजेज नरदेवी काठमाडौंको नामको बिलबिजकको ठेली फेला परेको र चेकजाँच गर्दा बिलबिजक नम्बर उल्लेख नभएको तथा कुनै बिलबिजक दोहोरो उल्लेख भएकाले राजस्व कार्यालयको जिम्मा लगाएको थियो।

प्रहरीले २०७५ वैशाख ९ गते पनि भन्सार छली भातरबाट कपडा व्यवसायी सञ्जीवले नै ३४ लाख रुपैयाँबराबरको मालसामान भिœयाउँदा प्रहरीले सुनसरीबाटै बरामद गरेको थियो। डब्ल्यु बी७३ई ३१९३ नम्बरको भारतीय गाडीमा भन्सार छली नेपाल ल्याउँदा कपडा बरामद गरेको थियो।

एकपछि अर्को आर्थिक अपराधका घटना बढिरहँदा इटहरीका सात जनाविरुद्ध बिनाइजाजत बैकिङ कसुर तथा वित्तीय कारोबारसँगै ठगीमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। बिनाइजाजत बैकिङ तथा वित्तीय कारोबारमा इटहरी–४ का सुन्दर लिम्बू, शिला लिम्बू, मानकुमार लिम्बू, बलिराज लिम्बू, दीपक लिम्बू, प्रमोद लिम्बू र शशी आर्थिक अपराधमा बैंकिङ कारोबारसँग सम्बन्धित अपराध पनि ह्वातै बढेका छन्। यसै क्रममा हरिनगर–१ का बोखिम अख्तरले चिनजानका आधारमा विराटनगर–३ का धर्मराज भण्डारीलाई पैसा सापटी दिए। उनले तिर्ने क्रममा दुईवटा चेक दिए। तर पैसा नभएपछि चेक बाउन्समा भण्डारीविरुद्ध इलाका प्रहरी कार्यालय दुहबीमा केही दिनअघि उजुरी दर्ता भएको छ। भण्डारीलाई पक्राउ गरी जिम्मा लगाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरिएको दुहबी प्रहरीले जनाएको छ।

बैकिङ कसुरमै मोरङ सुन्दरहरैंचा–६ की वर्षा कार्कीबाट इटहरीकी शान्ता राईले पाउनुपर्ने ५६ लाख रुपैयाँमा ठगी गरेकोमा उजुरी परेको छ। वर्षाविरुद्ध पनि चेक बाउन्समा उजुरी परेको हो।

सुनसरीमा आर्थिक अपराधका घटना बढ्दो क्रममा छन्। जसमा आर्थिक वर्ष २०७५/७६ को अवधिमा जिल्लाभर ३९ वटा आर्थिक अपराधसँग सम्बन्धित ठगीका घटनाविरुद्ध मुद्दा दायर भएका छन्। यीमध्ये इटहरीमा मात्र आर्थिक अपराध ठगीमा १६ वटा मुद्दा दायर भएका छन्। जिल्लाभर बैकिङ कसुरमा पनि थुप्रै मुद्दा दर्ता भएका छन्। बैकिङ कसुरमा इटहरी क्षेत्रमा मात्र २२ वटा मुद्दा दर्ता भएका छन्।

प्रकाशित: ९ श्रावण २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App