१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय खसीसहित चार पक्राउ

बर्दिया–भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्षमण ओली नेतृत्वमा खटिएकोे टोलीले बढैयाताल गाउँपालिका–८, तिलकना कण्ठपुर भित्री गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पूजा गिरी, बाँके राप्तीसोनारी गाउँपालिका बस्ने ट्रक चालक भीमबहादुर खत्री, सहचालक श्यामप्रकाश चौधरी र शेरबहादुर थारु रहेको प्रहरीले जनाएको छ।

ट्रक, खसी र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय बुझाइएको एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

प्रकाशित: ८ श्रावण २०७६ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App