१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो २ः३० बजे बस्ने

काठमाडाैं–प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ।

पहिलो बैठक विशेष कारणवस स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ। प्रतिनिधिसभाको अघिल्लो (असार ३१) को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद्मा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएर बैठक स्थगित भएको थियो।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई सहयोग पु-याउन प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने हुँदा बैठक स्थगित गर्नुपरेको विषय सूचनामा उल्लेख गरिएको थियोे। बैठक स्थगन भएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गरेका थिए भने प्रतिपक्ष दल काङ्ग्रेसले मुलुकमा विपद् भएको बेला सिङ्गो संसद् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा बैठक स्थगन गर्ने कार्य ठीक नभएको प्रतिक्रिया दिएको थियो।

प्रकाशित: ८ श्रावण २०७६ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App