१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन नभए आन्दोलन: यादव

विराटनगर–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीका माग सम्बोधन हुनेगरी संविधान संसोधन प्रक्रिया सुरु नभए पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूस“ग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन्।

असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न वर्तमान सरकार गठन भए पनि सरकारले अलमल गरिरहेको यादवको गुनासो छ। प्रधानमन्त्रीले संशोधन गर्ने भनेर पा“च चोटी म्याद तोकिसके पनि पछिल्लो पटक तोकेको छठ सम्मको म्याद पनि गुज्रन लागेको भन्दै यादवले पछिल्लो म्याद नगुजार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। उनले भने, ‘छठसम्ममा संविधान संशोधन प्रक्रिया थाल्न प्रधानमन्त्रीले तोकेको म्याद  नगुज्रियोस्।’

यादवले आयोग बनाएर संघीय सीमाना तोक्ने विषय आफूहरूलाई मान्य नभएको पनि स्पष्ट पारे। उनले भने, ‘आयोग गठन गर्नु भनेको टार्नु हो त्यसैले हामीलाई आयोग गठन गर्ने कुरा मान्य छैन।’ संघीयताका नाममा एकात्मकता लाद्ने काम भइरहेकाले स्थानीय निकायको सीमाङकन पनि आफूहरूलाई मान्य नभएको यादवले बताए।

 

प्रकाशित: २० कार्तिक २०७३ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App