१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विप्लव समूहका गतिविधि सुरक्षा चुनौतीका रूपमा देखा परेको बताए। राजनीतिक स्थायित्व कायम गर्ने सिलसिलामा विध्वंसात्मक गतिविधि चुनौतीका रुपमा रहेको उनको भनाइ छ।

उनले शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको बताए। ‘संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह अहिलेको चुनौती हो,’ गृहमन्त्री थापाले भने, ‘विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याइयो भने शान्ति सुरक्षामा कायम गर्न सहज हुन्छ। मलाई लाग्छ उहाँहरू वार्तामा आउनुहुन्छ।’ उनले सो समूहलाई पटकपटक वार्तामा आउन आग्रह गरेको समेत बताए। ‘हामीले उहाँलाई पटकपटक वार्तामा आउन भनेका छौं,’ उनले भने।

सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेको स्मरण गराउँदै कानुन कार्यान्वयनको सिलसिलामा केही कार्यकर्ता पक्राउ परेको पनि उनले बताए। ‘शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीले सो समूहका कार्यकर्ता पक्राउ गरिएको हो। उनीहरू वार्तामा आए सबै समस्या समाधान हुन्छ,’ गृहमन्त्री थापाले भने। उनले शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रामलय सफल भएको पनि बताए।

प्रकाशित: ८ श्रावण २०७६ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App