१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

नुवाकोट- शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए। सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौन दुव्र्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए।

उनका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि नौ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुव्यवहार गरेका थिए। पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ। पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुर्व्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए। रासस

प्रकाशित: ७ श्रावण २०७६ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App