नगरपालिकामा नेकपाको धर्ना

मङ्गलबार, ०७ साउन २०७६, १६ : ३३ नागरिक

खोटाङ – नेपाल कम्यूनिष्ट पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा धर्ना दिएको छ। नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटीले मंगलबार दिउँसो नगरपालिकाको दुर्छिमस्थित कार्यालय अगाडि करिब आधा घण्टा धर्ना दिएको जनाएको छ।

बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट वडाले प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरिय योजनालाई लत्याइएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिस्कारको घोषणा गरेको हप्ता दिनपछि नेकपाले धर्ना दिएको हो।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको नेकपा नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले बताए।

सम्वन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपाको दाबी छ। आफ्नो मागलाई बेवास्ता गरेपछि आँफुहरु असार ३१ गतेको चौथो नगरसभा टुंगिनु अगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad