१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा- गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्।

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई  पक्राउ गरिएको हो। घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार घर  घर फर्किसकेको  बताइएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App