१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विषादीविरुद्ध कठोर बन्न माग

विराटनगर– विषादीसम्बन्धी कानुन र यसको कार्यान्वयन विषयमा सरोकारवालाबीच छलफल भएको छ। प्रचलित विषादी कानुनले बढ्दो समस्यालाई सम्बोधन नभएको भन्दै संसद्मा पेस भएको प्रस्तावित ऐनलाई पासपश्चात् पूर्ण पालना गर्न सरोकारवाला एकजुट भएका हुन्।

साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भ्यारोमेन्ट (सावती), उपभोक्ता हित संरक्षण मन्च प्रदेश १ समिति, क्वारेन्टाइन कार्यालय विराटनगर र क्षेत्रीय गुण नियन्त्रण कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा सावतीका कार्यकारी निर्देशक डाक्टर धुर्वेशचन्द्र रेग्मीले यो विषयको व्यवस्थापन ऐन कानुन बनाइसकेपछि मात्र व्यवस्थित हुनसक्ने उल्लेख गरे। ‘जबसम्म ऐन कानुन तर्जुमा र संरचनाको विकास हुँदैन तबसम्म हामी सबै लाग्नुपर्छ’, उनले भने।

प्रदेश १ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्त विष्टले ऐन जारी भएपश्चात् त्यसले व्यवस्था गरेका कुरालाई लागू गर्न सरकार तयार रहेको जानकारी दिए। उनले बढ्दो जनगुनासो आएको बुझेको भन्दै विषादीरहित फलफूल र तरकारी बनाई जनतालाई स्वस्थ बनाउने अभियानमा प्रदेश सरकार रहेको समेत जानकारी दिए। उनले त्यसका लागि आफूले तयारी थालेको भन्दै प्राविधिक रूपले समेत प्रदेश सरकार मजबुद हुँदै गएको बताए।

वाणिज्य कार्यालय विराटनगर प्रमुख हिमालय बरालले सामान आयात गर्दा स्रोतबाटै आएका सामग्रीको पनि परीक्षण आवश्यक रहेको उल्लेख गरे। उनले सामान आयातकर्ता र बिक्रेताले विषादी मापनको अवस्थामा गलत गरेको भेटिए प्रचलित कानुनबमोजिम आफैंआफ कार्यवाहक गर्न प्रतिबद्ध रहेको बताए।

त्यस्तै गुण नियन्त्रण कार्यालय प्रमुख प्रमोद कोइरालाले आफ्नो प्रयोगशालामा आएका मध्ये अधिकांश नमुनालाई सहज परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए। उनले आफ्नो क्षेत्राधिकारभित्र रहेका विषयलाई जोडतोडका साथ नियमन र अनुगमन गर्ने गरेको बताए।

प्रकाशित: ७ श्रावण २०७६ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App