१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनोटः पहिलो खेलमा नेपाल पराजित

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

आज भएको कतारविरुद्धको खेलमा ४ विकेटले नेपाल पराजित भएको हो। नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा ग-यो। कतारका लागि  इनाम उल अकले सबैभन्दा बढी ४१ रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए। त्यस्तै कमरान खानले २२, नोमन सरवारले १५ तथा जाहिर इब्राहिमले १२ रनको योगदान दिँदा कतारले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो। बलिङ्तर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। त्यस्तै करण केसीले १ विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। त्यस्तै, कप्तान पारस खड्काले २८ रन, ज्ञानेन्द्र मल्लले २३ रन तथा सोमपाल कामीले ११ रन बनाउन बाहेकअरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पहिलो खेलमा पराजय भोगेसँगै नेपाललाई बाकीँ सबै खेल जित्नै पर्ने दबाब थपिएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App