१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

काठमाडौं – शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौं वाइवाइ नेसनल एजुकेसन अवार्डको घोषणा गरिएको छ।यस वर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ। यस वर्ष १३ विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो। यस वर्ष प्रदान गरिने नेसनल एजुकेसन अवार्डका विधामा स्कुल अफ द इयर, स्कुल एक्सिलेन्स अवार्ड, बेस्ट टिचर अवार्ड, कन्ट्रिब्युसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेसन अवार्ड रहेका छन्।

यसैगरी, राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेसन जर्नालिस्ट अवार्ड, एजुकेसन भिजन अवार्ड, बेस्ट प्रिन्सिपल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड छन्। वाइवाइले २५ हजार नगद राशिको ज्ञानउदय छात्रवृत्ति सम्मानसमेत यसै कार्यक्रममा दिने गरेको छ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरुको नाम पनि सार्वजनिक गरिएको छ। यस वर्ष पुरस्कृत हुने दुई शिक्षा पत्रकारहरुमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली तथा कारोबार दैनिकका गोपाल संग्रौला रहेका छन्। हरेक वर्ष स्कुल अफ द इयरअन्तर्गत देशभरिका एक उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गर्ने गरिएको छ। स्कुल एक्सिलेन्स अवार्डबाट कक्षा ११ र १२ मा राम्रो स्तर कायम गर्न सफल उत्कृष्ट विद्यालयलाई सम्मान गरिनेछ।

सुरुवातका समयमा विद्यार्थीलाई अंकलाई आधार मानेर कार्यक्रम सुरु गरिएकोमा पन्ध्रौ संस्करणसम्म आइपुग्दा विधाहरुमा परिष्कार गर्दै शिक्षासँग सम्बन्धित विभिन्न विधाहरुलाई समेटिएको कार्यक्रम निर्देशक बालमुकुन्द आचार्यले जानकारी बताए। कार्यक्रमले शिक्षा क्षेत्रमा विभिन्न विधाहरु जस्तै उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षा क्षेत्रमा काम गरिरहेका गैह्रसरकारी संस्था, शिक्षा पत्रकार, शिक्षा सेवामा संलग्न कर्मचारी, व्यवस्थापन समिति, अभिभावक संंघ, शिक्षाविद्, शिक्षाप्रेमी आदिलाई समेटिएको कार्यक्रमका अध्यक्ष श्याम तण्डुकारले बताए।

प्रकाशित: ७ श्रावण २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App