१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

जेएसएस उपाधि नेपोस र हेल्पिङ ह्यान्डलाई

ओस्लो (नर्वे)– नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

आइतबार रातिसम्म भएको खेलमा महिला र पुरुषको गरेर ११ वटा टिमले सहभागी गराएका थिए। सहभागी मध्येबाट पुरुषतर्फ जेएसएस नर्वे ब्लू टिम, ओएनयूएफ, एभरेष्ट स्पोर्टस् क्लब र नेपोसले खेलेका थिए। फाइनलमा पुगेका एभरेष्ट स्पोर्टस्लाई हराउँदै नेपोसले जित  हासिल गरेको खेल संयोजक कविन्द्र ढकालले जानकारी दिए। त्यसैगरी महिलातर्फबाट जेएसएस नर्वे र हेल्पिङ ह्यान्ड नेपालले फाइनल खेल्दा जित हेल्पिङले हात पारेको ढकालले बताए।

खेलमा जित हासिल गर्नेलाई पुरुष तर्फको टिमलाई ५ हजार क्रोनर (नेपाली करिब ६५ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी दोस्रो हुने टिमलाई पनि ३ हजार क्रोनर (करिब ३६ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिदै आएको जेएसएस अध्यक्ष जितेन्द्र शाहीले जानकारी दिए। 

त्यसैगरी महिलातर्फ पहिलो हुनेलाई दुई हजार क्रोनर (करिब नेपाली २४ हजार रुपैयाँ) र दोस्रो हुनेलाई १२ सय क्रोनर (करिब १६ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको जेएसएसले जनाएको छ। 

त्यसैगरी महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई पनि नगद प्रदान गरिएको हो। महिलातर्फको उपाधि जित हासिल गरेको हेल्पिङ ह्यान्डले भने पुरस्कारबाट प्राप्त भएको रकम नेपालमा कुनै सामाजिक कार्यमा खर्च गरिने जनाएको छ। संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार सामाजिक संस्था भएकाले संस्थाका सदस्यहरुले खेलेर जितेको खेलको पुरस्कार सामाजिक कार्यमै खर्च गरिनेछ।

प्रकाशित: ६ श्रावण २०७६ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App