१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटकोे बाढी प्रभावित बस्तीमा निशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावित बस्तीमा नेपाल प्रहरीको चिकित्सकद्धारा निशुल्क स्वास्थ्य शिविरमा विरामीलाई स्वास्थ्य परिक्षण गर्दै ।

रौतहट– रौतहटमा बाढीबाट प्रभावित विभिन्न बस्तिमा छुटाछुटै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित भएका बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस भने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविरको अयोजना गरेर विरामीको स्वास्थ्य परिक्षण गरेका छन्।

गौर नगरपालिकाको–२ महादेवपर्टी र राजदेवी नपाको मुडवलवामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी करिव ५०३ जना महिला, पुरुष र बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधीसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत असारको अन्तिम साता बागमती र लाल बकैया नदीमा आएको भिषण बाढीको कारण बस्तीहरु डुवानमा परेर विभिन्न रोगको महामारी फैलिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै नेपाल प्रहरी अस्पताल काठमाडौंबाट आएको दक्ष चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन्।

छुट्टाछुट्टै दुई वटा टोली बनाएर संचालन गरिएको शिविरमा महादेवपटीमा २५२ र मुडवलवामा २५१ जना बाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको छ।  शिविरमा ज्वरो, झाडापखाला, रुघा खोकी छालारोग लगायत रोगबाट ग्रसित भएर आएका विरामीहरुलाई स्वास्थ्य परिक्षण गरी निशुल्क रुपमा औषधी उपलब्ध गराएको एसपि खत्रीले बताए।

प्रहरी अस्पताल काठमाडांैबाट चिकित्सक डिएसपी अर्जुन डुमरेको नेतृत्वमा ९ सदस्यीय टोलीले बाढी प्रभावित बस्तीमा शिविरको माध्यमबाट पिडितहरुलाई स्वास्थ्य उपचार गरिने कार्य भईरहेको तथा भोली ७ गते दुर्गा भगवती गाउँपालिका अति प्रभावित वडा नम्वर ५ बडहवा र इशनाथ नपा ३ को औरैयामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने एसपी खत्रीले बताए।

यसैगरी ३६ औं विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले  जिल्लाको गढीमाई नगरपालिका ३ गम्हरियामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर ४०० जनाको स्वास्थ्य परिक्षण गरेका छन्। टिचिङ्घ अस्पतालका  जेनरल फिजिसियन डाक्टर सागर अधिकारीको नेतृत्वमा आएको छ सदसीय चिकित्सक टोलीले जाँच गरेका छन्। 

 

प्रकाशित: ६ श्रावण २०७६ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App