१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय बक्सिङ : सुशीलले ढाले पाकिस्तानी खेलाडी

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत ४९ केजी लाइट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज सुशीलले पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका हुन्। 

सुशीलले दोस्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्डमा परेका थिए। लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाइलाई एकै राउण्टमा तीन पटक काउण्टको धरापमा पारेका थिए। अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्टमा तीन पटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रीले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ। 

नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App