१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ। 

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारी जग्गा व्यक्तिका नाममा गर्ने कार्य राजनीतिक नेतृत्वको संलग्नताविना कर्मचारीले मात्रै गर्न नसक्ने उल्लेख गर्दै गैरकानुनी निर्णय गर्न÷गराउनमा जिम्मेवार कर्मचारीसहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको कठघरामा उभ्याउन माग गरिएको छ। 

‘बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय आइरहेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्वतन्त्र, निष्पक्ष र निर्भिकतापूर्वक अनुसन्धान कार्य सम्पन्न गरी दोषीलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

ठूला अनियमितता एवं भ्रष्टाचारका काण्डमा राजनीतिक नेतृत्वको संलग्नता रहँदै आएको भन्दै भ्रष्टाचारका घटनामा कर्मचारीमाथि दोष थोपरेर राजनीतिक नेतृत्वलाई उम्किन दिन नहुनेमा जोड दिइएको छ। ‘राजनीतिक नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुनु अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ।  

ट्रान्सपरेन्सी इन्टरनेशनलका बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनीतिक पदाधिकारी लगायत सबै व्यक्तिहरु जो जतिसुकै शक्तिशाली भए पनि कानूनी कारवाहीबाट उन्मुक्ति नदिन अख्तियार, छानविन समिति र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको ध्यानाकर्षणसमेत गराएको छ। 

बालुवाटार जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री विजय गच्छदार लगायतको नाम जोडिएको छ। 

प्रकाशित: ६ श्रावण २०७६ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App