१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दोहोरो गोली हानाहानमा चार प्रहरीसहित १६ जना मारिए

सांकेतिक तस्बिर

फराह– अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्।  प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन्।

फराह प्रान्त प्रान्तीय राजधानी फराह शहरको बाहिरी इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेका प्रहरी चौकीहरुमा आइतबार राती विद्रोही लडाकूहरुको आक्रमणपछि प्रहरीले गरेको कारबाहीमा परी १२ लडाकु मारिनुका साथै चार प्रहरीले पनि ज्यान गुमाएका छन्।  

यस झडपमा अन्य नौ लडाकू र तीन सुरक्षाकर्मी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। तालिबान लडाकू समूहले भने यस झडपको विषयमा कुनै टिप्पणी गरेको छैन्। सिन्हवा

प्रकाशित: ६ श्रावण २०७६ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App