२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

बारामा युवकको हत्या

बारा– सुवर्ण गाउँपालिका–१, बगहीमा अज्ञात युवकको शव फेला परेको छ। बगही गाउँभन्दा उत्तर नहर छेउमा अन्दाजी २६ वर्षीय युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

बाराका प्रहरी प्रवक्ता रन्जितसिंह राठौरका अनुसार नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर यता (नेपालतर्फ) शव फेला परेको हो। मृतकको टाउकोमा चोट लागेको देखिए पनि ‘बन्दुकको गोलीको चोट हो कि धारिलो हतियारले हानिएको हो’ भन्नेबारे पोष्टमार्टम रिपोर्टबाट मात्रै खुल्ने राठौरले बताए।

मृतकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भए पनि उनको सनाखत हुन नसकेको उनको भनाइ छ। सोमबार बिहान ६ बजेतिर गाउँबाट बाहिर शौच गर्न निस्केका बेला युवकको शव देखेर गाउँमा खबर गरेको बगहीका स्थानीय राजेश यादवले बताए।

शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७६ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App