१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत: अर्थमन्त्री

फाइल तस्बिर ।

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरूलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रूपमा चित्रण गरेका छन्। अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्पष्ट पारे।

सोमबार काठमाडौंमा गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरूलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको पनि उनले स्मरण गराए।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रूपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए।

गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरूलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रकाशित: ६ श्रावण २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App