१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ट्रेन्डिङमा ‘नटमाईदीपिका’

मुम्बई  – बलिउड अभिनेत्री दीपिका पादुकोणविरुद्धको ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङमा परेको छ । बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएकी अभिनेत्री पादुकोणविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको हो ।

दुई कलाकारहरू ‘सोनी के टीटु की स्वीटी’ फिल्मका निर्देशकसँग नयाँ प्रोजेक्टको विषयमा कुराकानी गर्न उनको घर पुगेका थिए । गत वर्ष मिटु अभियानअन्तर्गत एक अभिनेत्रीलाई यौन दूव्र्यवहार गर्नेमा निर्देशक रञ्जनको नाम आएको थियो । सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्मको लुक्स टेस्टको दौरान एक अभिनेत्रीलाई बोलाएर यौन दूव्र्यवहार गरेको घटना बाहिरिएको थियो ।

अभिनेत्री पादुकोण र अभिनेता कपुरको फोटो सार्वजनिक भएलगत्तै ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङ भएको थियो । मिटु अभियानअन्तर्गत यौन दूव्र्यवहार गर्ने निर्देशकको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको भन्दै उनका फ्यानहरू दुखित छन् । निर्देशक रञ्जनको आगामी प्रोजेक्टमा अभिनेता अजय देवगन वा रणवीर कपुर देखिने भएपनि उनीहरूविरुद्ध प्रतिक्रिया आएको छैन् ।

अधिकांश ट्वीटर प्रयोगकर्ताले अभिनेत्री पादुकोणलाई गालीगलौज गरेका छन् । उनका फ्यानहरूले यौन दूव्र्यवहार गर्ने निर्देशकको फिल्ममा काम गर्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका छन् । उनका एक फ्यानले लेखेका छन्, ‘म लामो समयदेखि उनको फ्यान भएको हुँदा उनको कामबारे धेरै जानकारी राख्ने गरेको छु । उनीले कहिल्यै एउटा कुरा भनेर अर्को काम गरेकी छैनन् । उनले आफ्नो प्रतिष्ठालाई कायम राखेर आफ्ना फ्यानहरूलाई दुखित बनाउँदिनन् भन्नेमा आशावादी छु । ’

 

 

प्रकाशित: ६ श्रावण २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App