१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेनिस संघलाई कोर्ट हस्तान्तरण

काठमाडौं– आगामी मंसिरको तेस्रो सातादेखि नेपालमै हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लन टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका राखेप सदस्यसचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त साँचो नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई हस्तान्तरण गरेका थिए। १३औं सागका लागि मंसिर १५ देखि २४ गते मिति तय भएको छ।

‘निर्माण भइसकेको रहेछ। हस्तान्तरण गर्न किन ढिलाइ भएको हो। समारोह राखेर हस्तान्तरण गर्नुपर्छ भन्ने छैन। खेलाडीले प्रयोग गर्न पाउन भनेर बनाइएको हो। खेलाडीले प्रयोग गर्न पाउनुप¥यो। त्यही ठूलो कुरा हो,’सदस्यसचिव सिलवालले भने,‘टेनिस कम्प्लेक्समा रहेको पुरानो ६ क्ले कोर्टलाई विस्थापित गरी त्यत्ति नै हार्ड कोर्ट बनाइएको छ। छेउमै थप २ वटा सफ्ट टेनिसका लागि पनि हार्ड कोर्ट बनाइएको छ।

सदस्यसचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्थाबारे जानकारी लिए। त्यसअघि सदस्यसचिव सिलवालले १३औं सागमा समावेश खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकहरूसँग खेलाडीहरूको प्रशिक्षण र समस्याका बारेमा जानकारी लिएका थिए।

प्रकाशित: ६ श्रावण २०७६ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App