१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विशिष्टीकृत सेवामा अग्रणी बन्दै टिचिङ

काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विशिष्टीकृत सेवामा अग्रणी स्थान कायम गरेको विज्ञहरुले जनाएका छन्। आइतबार अस्पतालको ३७ औं वार्षिकोउत्सवका अवसरमा उनीहरुले अस्पतालको विकास तथा सुधारको पक्ष औंल्याएका हुन्।

वार्षिकोउत्सवका अवसरमा प्रतिवेदन पेश गर्दै अस्पतालका निर्देशक डा. पे्रम खड्गाले भने, ‘धेरै जसो विशिष्टीकृत सेवा अस्पतालबाटै सुरु भइसकेका छन्। यही वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सफलतापूर्वक सुरु भइसकेको छ।’ अस्पतालमा मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, अस्पतालकै स्वायत्त केन्द्रबाट मुटु, फोक्सो, न्युरोलोजी सेवा, ग्यास्ट्रोलोजी, नशा, स्त्रीरोग सेवा, बर्थिङ सेवा, नाक–कान–घाँटी, हाडजोर्नीदेखि सबै विशिष्टीकृत सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको उनले बताए।

समारोहमा बोल्दै त्रिवि उपकुलपति तीर्थ खनियाँले अस्पतालका प्राध्यपक, चिकित्सक तथा कर्मचारीको श्रम तथा योगदानले अस्तपतालले उल्लेख्य प्रगति गरेको बताए। ‘थोरै शड्ढयाबाट सुरु भएको जनरल अस्पतालले विशिष्टीकृत सेवाका रुपमा पनि उपलब्धि हासिल गरेको छ। यसमा यहाँ कार्यतर कर्मचारी र चिकित्सकको योगदान छ,’ उनले भने।

अस्पताल जापान सरकारको सहयोगमा २०४० सालमा भएको थियो। तीन सय एक शड्ढयाबाट सेवा सुरु भएको सो अस्पतालको क्षमता सात सय शड्ढया पुगेको छ। अस्पतालमा जापान सरकारको सहयोगमा ७० करोडबढीको एमआरआइ, एनेस्थेसिया, भिडियो एक्सरेजस्ता उपकरण यसै वर्ष देखि सञ्चालनमा आएको हो। त्यसैगरी अस्पतालमा हाडजोर्नी बार्डको स्तरन्नोति, आधुनिक शल्यक्रिया कक्ष बनेको छ।

अक्सिजन आपूर्तिको लागि एक हजार र पाँच सय लिटरका दुई वटा अक्सिजन प्लान्ट जडान भएकोमा पाँच सय लिटरको थप अक्सिजन प्लान्ट जडान गरी अक्सिजनमा अस्पताल आत्मनिर्भर बनेको छ। बालरोग बार्डमा सुविधासम्पन्न एआइसियु सेवा र पिआइसियु युनिट निर्माण कार्य भइरहेको छ। अस्पतालको मंंगलादेवी बर्थिङ सेन्टरको माथिल्लो तलामा बाल सर्जरी वार्ड, सोही भवनमा टेस्टट्युव बेबी सेवा सञ्चालनको तयारी भइरहेको छ। निकट भविष्यमा ३० शड्ढयाको आइसियू सेवा र नयाँ भवनमा पूर्ण क्षमताको फार्मेसी सेवा विस्तार हुनेछ।

यो वर्ष अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या ५० हजार २ सय पुगेको छ। गत वर्ष अस्पतालमा सेवा लिन आउनेको संख्या ४८ हजार ८ सय थियो। अस्पतालमा गत वर्ष १४ करोड ३० लाख ७५ हजारको औषधि बिक्री भएको थियो भने यो वर्ष १९ करोड ७६ लाख ११ हजारको औषधि बिक्री हुँदा अस्पतालको घाटामा उल्लेख्य गिरावट आएको छ। यो वर्ष अस्पतालको आम्दानी २ अर्ब १८ करोड ५६ लाख २२ हजार रहेको र खर्च २ अर्ब १९ करोड २५ लाख १२ हजार रहेको छ।

प्रकाशित: ६ श्रावण २०७६ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App