१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

खोटाङ– खोटाङमा जवरजस्ती करणी मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेर जेल चलान भएका छन्।

जवरजस्ती करणी मुद्धामा १० वर्षै कैंद सजाय सुनाइएका साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई पक्राउ परेको दुई दिनपछि आइतबार जेल चलान भएका हुन्। घट्नालगत्तै फरार रहेका राईलाई केही समयअघि घरमा आएको सूचनाका आधारमा शनिबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

पक्राउ परेका राईलाई आइतबार जिल्ला अदालतमा पेश गरिए लगत्तै अदालतकै आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागार शाखा दिक्तेल लगिएको छ। २०६६ साल असार २३ गते जवरजस्ती करणीमा संलग्न भएकामा राईलाई जिल्ला अदालतले २०७१ साल मंसिर २५ गते १० वर्ष कैंद सजाय सुनाएको थियो।

घट्नापछि उनी जिल्ला बाहिर लुकिछिपी बस्दैआएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७६ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App