१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यस सिजनबाट इपिएलमा भिएआर

साङ्घाई – प्रिमियर लिगका अन्तरिम निर्देशक रिचर्ड मास्टर्सले नयाँ सिजनबाट प्रयोगमा ल्याउन लागेको भिडियो सहायक रेफ्री (भिएआर)ले विवाद सिर्जना गर्ने बताएका छन्।

भिएआर आउँदो सिजनबाट प्रिमियर लिगमा प्रयोग हुँदै छ। रूसमा सम्पन्न विश्वकपको वर्ष दिनपछि पहिलो पटक प्रिमियर लिगमा प्रयोगमा ल्याउन लागिएको हो। यसअघि अन्य केही प्रतियोगितामा भने प्रयोगमा ल्याइएको थियो। इङ्ल्यान्डमा भएको एफए कप, लिग कपसँगै च्याम्पियन्स लिगमा यो प्रविधिलाई प्रयोगमा ल्याइएको थियो।
खेलको दौरानमा देखिएका केही सामान्य विवादलाई यो प्रविधि सहयोगी बन्दा फुटबलम चमत्कार नै भएको थियो। जुन फुटबलमा सबैभन्दा सफल प्रविधिको प्रयोगमा रूपमा लिइएको छ। यही प्रविधिका कारण धेरै विवादित घटनाले सफल अवतरण पाएका छन्।

‘म पूर्ण रुपमा विश्वस्त छु। यो प्रविधिले समाधानसँगै केही विवाद पनि अवश्य निकाल्छ। किनकि हामीले ठूलो निर्णय लिइसकेका हुन्छौं र त्यसका लागि हामी तयारी पनि भइसकेका हुन्छांै। तर यसको निर्णय कहिले रेफ्रीको निर्णयमा हुन्छ त कहिले रेफ्रीको निर्णयविपरीत,’ अन्तिरिम निर्देशक मास्टर्सले भने,  ‘हामीले अध्ययनका लागि दुई वर्ष बिताइसकेका छौं। यसलाई प्रयोग गर्ने भनेर हामीले दुई वर्षअगाडि नै वाचा गरेका थियौ। र नयाँ सिजनबाट यो प्रविधि प्रयोगमा आउँछ।’

‘हामीले दुई वर्षको अवधिमा भिएआरको प्रयोगका लागि धेरै अभ्यास ग¥यौं। व्यस्त तालिका विशेषतः शनिबार हुने खेलमा हामीले परीक्षण गरेका थियौं। त्यसका लागि हामीले भिएआरका लागि कर्मचारीको अभ्यास पनि गरेका थियौं। यो सफल हुन्छ, तब प्रयोगमा आउँछ,’ अन्तरिम निर्देशक मास्टर्सले थपे। अघिल्ला केही प्रतियोगितामा भएका त्रुटिलाई लिएर मास्टर्सले त्यति सन्तुष्टि लिएनन्। बढ्दो प्रविधि प्रयोग, विवादरहित खेल र लामो समयको अभ्यासपछि भिएआरलाई प्रयोग ल्याउन मास्टर्स तयार  भएका छन्। यद्यपि यसको प्रयोग धेरै गर्न नपर्ने गरी प्रतियोगिता सञ्चालन गर्नु नै राम्रो भएको मास्टर्सको बुझाइ छ।

‘मेरो विचारमा विवादको समय क्लबका समर्थक गल्ती भएको या नभएको प्रस्ट हेर्न चाहन्छन्। त्यसका लागि पनि समयअनुसार प्रयोगमा ल्याउन लागेका हौं,’ मास्टर्सले थपे, ‘यही प्रविधिमा भर पर्नुपर्ने अवस्था राम्रो होइन। यसले गर्दा इङ्लिस फुटबलको मोह नघटोस्। हामी प्रिमियर लिगमा केही नयाँ गर्न चाहन्छौं। यसको कमीकमजोरीलाई रोक्दै हामी प्रयोगमा ल्याउने सोचमा पुगेका छौं।’

प्रकाशित: ५ श्रावण २०७६ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App