१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

प्रदर्शनका पूर्वसन्ध्यामा हङकङमा खटाइएका प्रहरी।

हङकङ – प्रदर्शनको पूर्वसन्ध्यामा हङकङमा ठूलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ। विस्फोटक पदार्थ भेटिनुको हङकङमा भइरहेको प्रदर्शनसँग कुनै सम्बन्ध छ या छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

शुक्रबार बरामद गरिएको विस्फोटक पदार्थ हङकङमा हालसम्म भेटिएको सबैभन्दा ठूलो भएको प्रहरीले जनाएको छ। प्रहरीले विस्फोटक पदार्थसहित अन्य हतियार र प्रदर्शनसम्बन्धी पर्चा पनि भेटेको बताइएको छ।

चीन पक्षधर र विपक्षी प्रदर्शनकारीले हङकङमा  गरिरहेको प्रदर्शनको पूर्वसन्ध्यामा यति ठूलो परिणाममा विस्फोटक पदार्थ र हतियार बरामद भएको हङकङ प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। विस्फोटक पदार्थसहित एक २७ वर्षीय युवक पक्राउ परेको र उनी स्वतन्त्रता पक्षधर समूहको सदस्य भएको बताइएको छ।

विस्फोटक पदार्थ र हतियारसहित एक व्यक्ति पक्राउ परेको भए पनि नाम भने सार्वजनिक गरिएको छैन। ती व्यक्तिमाथि सोधपुछ जारी रहेका कारण हालसम्म कुनै मुद्दा दायर नगरिएको हङकङ अधिकारीहरुले बताएका छन्।

के के बरामद भयो ?
स्थानीय समयअनुसार शुक्रबार राति १०ः३० मा जब सुयन वान जिल्लास्थित एउटा औद्योगिक भवनमा प्रवेश गरे उनीहरुले त्यहाँ विस्फोटक पदार्थ रहेको पत्ता लगाए। त्यहाँबाट दुई किलोग्राम उच्च प्रज्वलनशील टिएटिपीका साथै १० वटा पेट्रोल बम, अम्लीय पदार्थहरुसहित चक्कुहरु, फलामका रड र ग्यास मास्क र गगल्स फेला परेको ‘द साउथ चाइना मर्निङ पोस्ट’ले समाचार लेखेको छ।

‘टिएटिपी अस्थिर र खतराजन्य पदार्थ हो। हङकङमा यति ठूलो मात्रामा प्रहरीले गरेको यो बरामद पहिलो चोटी हो जस्तो मलाई लाग्छ,’ एक्सप्लोस्भि अर्डन्यान्स डिस्पोजल युनिटका सुपरिटेन्डेट एलिक म्याकह्विटरलाई उद्धृत गर्दै ‘द साउथ चाइना मर्निङ पोस्ट’ले जनाएको छ।

उत्पादनको फरक फरक अवस्थामा भएकाले टिएटिपीलाई व्यवस्थित गर्न अधिकारीहरुलाई समय लागि रहेको र यसले कैयौं चुनौती खडा गरेको उनले बताए।
टिएटिपी जताकतै पाइने सामग्रीबाट सजिलै बनाउन मिल्ने भएको र यस्तो खालको विस्फोटक पदार्थ सन् २००५ मा बेलायतको राजधानी लन्डन र सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा गराइएको आक्रमणमा प्रयोग गरिएको बिबिसीले उल्लेख गरेको छ।

सुयन वान जिल्लामा विस्फोटक पदार्थ र हतियारसहित सरकारले ल्याएको प्रस्तावित सुपुर्दगी विधेयकको विरोध गरिएको ब्यानरहरु र पर्चाहरु पनि भेटिएको बताइएको छ। यसका साथै सो ठाउँबाट स्वतन्त्रता पक्षधर हङकङ नेसनल फ्रन्ट ग्रुपको लोगो भएको टि–सर्टहरु पनि भेटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

विस्फोटक पदार्थ र हतियारसहित एक व्यक्ति पक्राउ परेको भए पनि नाम भने सार्वजनिक गरिएको छैन। ती व्यक्तिमाथि सोधपुछ जारी रहेका कारण हालसम्म कुनै मुद्दा दायर नगरिएको हङकङ अधिकारीहरुले बताएका छन्। हङकङ नेसनल फ्रन्टले टेलिग्राम एपमार्फत् ती व्यक्ति आफ्नो समूहको भएको तर विस्फोटक पदार्थबारे केही जानकारी नभएको बताएको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध जनाएका थिए।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। हाल आएर उनीहरुको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र हङकङको स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।

बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। गत साता विधेयक विरोधीले गरेको प्रदर्शनमा दशौं हजारको सहभागिता रहेको थियो। विधेयक विरोधी र चीन पक्षधर दुवैले शनिबारका लागि प्रदर्शनको तयारी गरेका थिए।

प्रकाशित: ५ श्रावण २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App