फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

आइतबार, ०५ साउन २०७६, ०६ : ५३ भगवती लामा

नुवाकोट - विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्यालय नमुना विद्यालयको रूपमा छनोटमा परेका छन्। तर नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्, कारण विद्यालयले दिएको आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किनु।

 विद्यालयले बुझाएका आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किएकाले नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्।

नमुना विद्यालय सञ्चालनको आवश्यक पूर्वाधार रहेको भन्दै जिल्लाका चारवटा विद्यालयले आवश्यक कागजातसहितको फाइल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयलाई बुझाएका थिए। सो फाइल शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा नबुझाइदिँदा आफ्नो विद्यालय छनोटबाट वञ्चित भएको भन्दै तादी गाउँपालिका–३ खरानीटारस्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले दुःखेसो गरे। ‘नमुना विद्यालय छनोटमा पर्न तोकिएको मापदण्ड हाम्रो विद्यालयमा पर्याप्त थियो। त्यसैको आधारमा मागअनुसारका कागजात र निर्णयका प्रतिलिपि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा बुझाएका थियौं। तर कार्यालयले फाइल पेन्डिङमा राख्दा अन्यायको महसुस भएको छ,’ अधिकारीले भने, ‘अनुगमनका लागि केन्द्रबाट मान्छे आउला आउला भन्दाभन्दै नमुनामा परेका विद्यालय सार्वजनिक भयो। नुवाकोटका कुनै विद्यालयको नाम छैन। सोधखोज गर्दा थाहा भयो, हाम्रो कागजपत्र जिल्लामै रहेछ।’

तादीको अमरज्योतिसँगै विदुर नगरपालिकास्थित च्वाडी पब्लिक मावि, म्याघङ गाउँपालिकास्थित भूमेदेवी मावि र पञ्चकन्या गाउँपालिकास्थित कालिका माविले बुझाएको फाइल शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका तत्कालीन प्रमुख मदनकुमार थापाले प्रमाणित गरेका थिए। समन्वय इकाइले प्रमाणित गरेको फाइल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुगमन गर्न आउँदा लैजाने भनेर जिल्लामा अड्किएको रहेछ र यसबारे खास जानकारी नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका प्रमुख अर्जुन श्रेष्ठले बताए।

‘मैले यताको पदभार सम्हालेको धेरै भएको छैन। जिल्लाका विद्यालय अनुगमन गर्न आउँदा फाइल लैजाने भन्ने जानकारी केन्द्रबाट आएकाले उता पेस नगरिएको भन्ने जानकारी छ,’ श्रेष्ठले भने, ‘कसको कहाँ कमजोरी भयो यसै भन्न सक्दिनँ।’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलसँग नमुना विद्यालय छनोटबारे बुझ्दा फाइल प्राप्त नभएका कारण अनुगमन गर्न नुवाकोट नआएको र नमुना विद्यालयको रूपमा छनोटमा पार्न नसकिएको भन्ने जानकारी दिएको विद्यालयहरूले जनाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad