१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुब्दा शनिबार दुई बालिकाको ज्यान गएको छ। 

देवाही गोनाही नगरपालिका वडा नम्वर ५ स्थित लालबकैया नदीभन्दा उतर पूर्वमा रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घरबाट बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण सो खाडलमा नुहाउन पसेका थिए। खाल्डामा पस्ने वित्तिकै गहिरो खाडलमा परेर दुवै जनाको मृत्यु भएको हो। मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविन कार्कीले बताए।

यसैगरी आज बिहान दुर्गा भगवति ५ बडहरवामा बागमती नदीमा छेउको ढिस्कोमा खुट्टा चिप्लेर पुनिता देवी पटेल लड्दा उनले बोकेको चार वर्षीय छोरा अंकुश पटेल हातबाट उछिट्टिएर नदीमा खस्दा बेपता भएका छन्। सर्लाहीको बलरा नगरपालिका वडा नम्वर  ११ घर भएकी पुनिता छोराको उपचारको लागि रौतहट आउँदै गर्दा सो घटना भएको डिएसपी कार्कीले जानकारी दिए। 

दुई बालिकाको मृत्युसँगै रौतहटमा डुबेर ज्यान जानेको सँख्या १६ पुगेको छ। बाढी र बाढीपछि पानीमा डुब्ने मध्ये ८ जना बालबालिका रहेका छन्। बाढीको पानी खाल्डोमा जम्दा ८ जना बालबालिककाले ज्यान गुमाएका छन भने १ बालकको अवस्था अज्ञात रहेको डिएसपी कार्कीले बताए। बाढी भन्दा पनि नदी तथा खाल्डाखुल्डीमा जमेको पानीले निकै डरलाग्दो तरिकाले बालबालिकाको मृत्युको सँख्या बढाएको उनले बताए। बाढीका बेला अभिभावकहरु बालबालिकाप्रति सजग थिए तर बाढी हटेसँगै बालबालिकाहरु घरबाट निस्कने र विभिन्न बहानामा पानीमा जाने गरेकोले ज्यान जाने जोखिम उच्च भएको उनको भनाई छ।

प्रकाशित: ४ श्रावण २०७६ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App