१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानीमा डुबेर २ बालिकाको मृत्यु, एकजना बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाहीमा दुई बालिकाको लालबकैया नदीमा डुबेर ज्यान गएको छ।

स्थानीय राम नरेश साहको ९ वर्षीया छाेरी पिन्की कुमारी साह र रामानन्द साहकी ८ वर्षीया छोरी निरुता कुमारीको मृत्यु भएको हो। लालबकैया खोलाको बाँध नजिक जमेको पानीमा डुबेर  उनीहरुको ज्यान गएको हो। बाख्रा चराउन गएको बेला गर्मी भएर नुहाउने क्रममा पानीमा डुबेको रौतहट प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

रौतहटको दुर्गा भगवती ५ बडहर्वास्थित बागमती नदीमा डुबेर एक वालक बेपता भएका छन। सर्लाहीको बलरा नगरपालिका ११ बस्ने  पुनिता देवीको ४ वर्षको छोरा अङ्कुश पटेल बेपत्ता भएका हुन। बागमती नदीमा खसेर बालक बेपता भएको र उनको खोजी भैरहेको डिएसपी कार्कीले बताए।

प्रकाशित: ४ श्रावण २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App