लोकसेवाको परीक्षा बिथोल्न खोजेको आरोपमा चार पक्राउ

शनिबार, ०४ साउन २०७६, ११ : ५३ नागरिक

खाेटाङ– लोकसेवा आयोगको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चारजनालाई पक्राउ गरेको छ। दिक्तेलमा बिहान भएको आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर बिथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। 'परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्,' उनले भने, 'उनीहरुको नियत हेर्दा जसरी पनि परीक्षा बिथोल्न खोजेकाले पक्राउ गरिएको हो।'

संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज आह्वान गरिएको १ नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चारजनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले आरोप लगाए। रासस








यसमा तपाईको मत

अन्य समाचार

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

सिटिजन्स–टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

सिटिजन्स–टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच हस्पिटलको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । ...

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद...

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad