१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन दिने भ्रमण पूरा गरी मुखर्जी भारत फिर्ता

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री भारतीय राष्ट्रपति मुखर्जीलाई विदाइ गर्दै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी शुक्रबार साँझ भारत फर्किएका छन्। मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गरिन्।

नेपालमा रहँदा राष्ट्रपति मुखर्जीले मुख्य तीन सहयोगको घोषणा गरे। पशुपतिनाथको आर्याघाट पुनःनिर्माण गर्ने, जनकपुरमा दुई धर्मशाला बनाइदिने तथा सन् २०१७ देखि भारतको प्रतिष्ठित इन्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटी) को प्रवेश परीक्षा केन्द्र हुने उनले घोषणा गरे।

रतीय राष्ट्रपतिलाई विदा गर्न राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विमेलन्द्र निधि लगायत विमानस्थल पुगेका थिए। 

नेपाल बसाइँका क्रममा उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, संसदमा विपक्षी दलका नेता केपी शर्मा ओली तथा मधेसवादी दलका नेताहरुसँग भेट गरेका थिए। 

नेपालमा रहँदा राष्ट्रपति मुखर्जीले मुख्य तीन सहयोगको घोषणा गरे। पशुपतिनाथको आर्याघाट पुनःनिर्माण गर्ने, जनकपुरमा दुई धर्मशाला बनाइदिने तथा सन् २०१७ देखि भारतको प्रतिष्ठित इन्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटी) को प्रवेश परीक्षा केन्द्र हुने उनले घोषणा गरे।

नेपाल भ्रमणको अन्तिम दिन आज शुक्रबार मुखर्जीले पोखरा र जनकपुरको भ्रमण गरेका थिए। पोखरामा उनले भूपू भारतीय गोर्खा सैनिकलाई हिन्दी भाषामा सम्बोधन गरेका थिए।

 

प्रकाशित: १९ कार्तिक २०७३ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App