१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बोल्नेहरूलाई मार्गदर्शन

कथाकार महेश्वर पन्तको ‘नबोल्नेहरू’ कथा संग्रह प्रकाशित भएको छ। पन्त कथाकार मात्र होइनन्, कुशल संगीतकर्मी पनि हुन्। उनका थुप्रै गीत र गजल रेकर्ड भएका छन्। उनी बाँसुरी र हार्मोनियम पनि बजाउँछन्। आफ्नै स्वरमा गीत र गजल स्वरबद्घ गरेर युट्यबमा राखेका छन्। पर्वतमा जन्मिएका पन्त हाल अमेरिकामा बस्छन्। यसअघि उनको कथासंग्रह ‘मुन्दिर’ प्रकाशित भएको थियो।

‘नबोल्नेहरू’मा पश्चिम क्षेत्रमा बोलिने बोलीचालीको भाषा र ठेट शब्द प्रयोग गरेको पाइन्छ। उनका कथाहरू विषयवस्तु र शब्द शिल्पले गर्दा कौतूहलपूर्ण र आकर्षक देखिन्छन्।

‘नबोल्नेहरू’ पुस्तकमा १३ मार्मिक कथा छन्। कथाकारले २ देखि ३ दशक अगाडिको नेपाली समाजको वृतचित्र कथामा उतारेका छन्। पञ्चायत र माओवादी द्वन्द्वकालमा देशमा भएका राजनीतिक प्रमुख घटनाहरूले पारेको मानसिक र भौतिक क्षतिलाई पनि कथामा प्रस्तुत गरिएको छ।

उनका कथाले नेपाली समाजलाई परिवर्तनशील ऐना देखाएको पाइन्छ। कथामा पात्रहरूका संघर्ष, पीडा र भोगाइलाई कथावस्तु बनाएर बिस्तारै उकासेर चरम सीमामा पु-याई अनायासै पात्रको मानसिक र शारीरिक दुर्घटना गराएर त्यसबाट उनका मनमा परेको चोट र हलचललाई बडो सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्।

उनका कथाले नेपाली समाजलाई परिवर्तनशील ऐना देखाएको पाइन्छ।

उनका कथा नारी पीडा, अपांग–अशक्तता, राजनीतिक बेथिति, पे्रमिका बिछोड, मानसिक अन्तद्र्वन्द्व, संस्कृतिको सौन्दर्य, यथार्थवादी, जीवनदृष्टि, सामाजिक समस्यालाई चित्रण गर्दै शब्दशिल्पमा बुनेर निर्माण भएको पाइन्छ। ‘नबोल्नेहरू’ शीर्षक कथामा अशक्तता हुँदा परिवारकै सदस्यले गरेको घृणित व्यवहार र अपहेलना कथाकारले मर्मस्पर्शी भावमा व्यक्त गरेका छन्।

पटकपटकको जनआन्दोलनपश्चात् घोषित प्रजातन्त्र र गणतन्त्रमा पनि अस्थिर देशको अवस्था कथामा सांकेतिक रूपमा चित्रण गरेका छन्। कुनै कथामा नारी पात्र कमजोर देखाइएको छ, जहाँ शिथिल र निरीह उभ्याइएको छ भने कुनैमा नारी पात्रलाई सशक्त रूपमा उभ्याइएको छ, जहाँ सदियौँदेखि जरा गाडेको कुसंस्कार विरुद्घमा पनि उभिएको भेटिन्छ।

सरल ढंगले विषय उठान गरी कलात्मक ढंगले शब्दशिल्पमा बुन्दै हरेक कथामा विषयसँगै फैलिएका पात्रको चरित्र र प्रकृति चित्रण गरिएको पाइन्छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तकले बोल्नेहरूलाई मार्गदर्शन गरेको छ।

प्रकाशित: ४ श्रावण २०७६ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App