१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कुपोषण हटाउने उपाय

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ करोडभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भएका छन्। तर हालै अमेरिकी वाशिंटन विश्वविद्यालयका वैज्ञानिकको एक अनुसन्धानका अनुसार यी तीनवटा चिज चना, बदाम र केराले कुपोषण हटाउने बताइएको छ। यी तीन चिजबाट बनेको आहारले शरीरभित्रका कीटाणुका लागि फाइदा मिल्छ। जसले बच्चाको तीव्र विकास हुने ती वैज्ञानिकले जनाएका छन्।

बंगलादेशमा धेरै कुपोषित बच्चामा गरिएको अनुसन्धानको  परिणाममा यी फाइदाजनक कीटाणुको संख्या बढे बच्चाको हड्डी, मस्तिष्क तथा पूरै शरीरको विकासमा सहयोग मिल्छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाको कुपोषणको समस्या विश्वभरको चिन्ताको विषय हो। पाँच वर्षमुनिका बालबालिकाको मृत्युको ५० प्रतिशत कारण कुपोषण रहेको छ।

कुपोषित बच्चाहरू सामान्य बच्चाको तुलनामा कमजोर र होचा हुन्छन्। साथै यस्ता बच्चाको पेटमा लाभदायक कीटाणु अत्यधिक कम हुन्छन् या कत्ति पनि हुँदैनन्।

राम्रा कीटाणु बढ्न आवश्यक छ
सो अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता जेफरी गार्डनका अनुसार कुपोषित बच्चाको ढिलो विकास हुनुको कारण उसको पाचननलीमा राम्रो (लाभदायक) कीटाणुको कमी हुनसक्छ। यो समस्याको कसरी हटाउने त ? यो कुनै खानाले सुधार हुँदैन। वैज्ञानिकहरूले बंगलादेशका स्वस्थ बच्चाहरूको पेटमा रहेका कीटाणुको प्रजाति पत्ता लगाए। फेरि उनीहरूको दिसाको परीक्षण गरी कुन खाना खाँदा यस्ता लाभदायक कीटाणु बढ्छन् भन्ने कुरा पत्ता लगाएका थिए। यसका साथै उनीहरूले १२, १८ र ६८ महिनाका बच्चालाई फरकफरक खाना दिएका थिए। जुन बच्चाको शरीरमा सुधार भयो, उसमा पाइयो कि उसका लागि काम गरिरहेको थियो। ती खाना थिए, पिसेको बदाम, चनाको पीठो र केरा।

उनीहरूमा यो पाइयो कि खानाबाट भित्र हुने ती सूक्ष्म कीटाणुको संख्या बढी थियो। जसले हड्डी, मस्तिष्क तथा अन्य रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मुख्य मानिन्छ।
यी खाद्य सामग्रीबाट बन्ने चिज सस्तो मूल्यमा पाइन्छ। बंगलादेशमा बच्चाहरूले यिनै खानेकुरा खाइरहेका हुन्छन्। यो शोध ‘साइन्स’ जर्नलमा प्रकाशित भएको थियो।

कुपोषणको असर
वाशिंटन विश्वविद्यालयमा प्राध्यापक जेफरी गार्डन तथा ढाकाको इन्टरनेसनल सेन्टर फर डायरियाका सहयोगी बताउँछन् कि यो अनुसन्धानको लक्ष्य कुपोषित बच्चाको स्वास्थ्य सुधार्नमा सूक्ष्म जीवको भूमिका पत्ता लगाउनु थियो।

धेरै चामल तथा मुसुरीको दाल भएको आहार यो मामिलामा फाइदाजनक छैन। यस्तो आहारले कतिपय अवस्थामा पेटभित्र नोक्सान पनि गरिदिन्छ।
गार्डन बताउँछन्, ‘यो प्रस्ट हुन सकेको छैन कि यो आहार किन यति धेरै सफल  रह्यो ? अब थप एक प्रयास भइरहेको छ कि यो खानपानले बच्चाको तौलमा कस्तो असर पर्छ ?’ उनका अनुसार सूक्ष्म कीटाणुको असर पेटमा मात्र सीमित छैन, यसको सम्बन्ध मानिसको स्वास्थ्यसित पनि छ। –(एजेन्सी)

प्रकाशित: ४ श्रावण २०७६ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App