१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अर्गानिक कविता

भावुक गीतकार र रोमान्टिक गजलकारको चिनारी बनाएका पोखरेली स्रष्टा प्रकट पगेनी ‘शिव’का कविता पनि अब्बल छन्। तर, गीत/गजलले उनको कवि व्यक्तित्वलाई छायामा पारिदिएको छ।  

यद्यपि पोखरा सेरोफेरोमा उनी प्रभावशाली कविका रूपमा सम्मानित छन्। गजल सन्ध्या र नवनित साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार ग्रेटर पोखरामा आयोजना गर्ने ‘अक्षर यात्रा’का परिकल्पनाकार पगेनी हुन्। 

अक्षर यात्रामा अर्गानिक कविता लेख्छन् पंगेनी। गाउँघरका कथा–व्यथा उन्छन्। रसिलो भाषामा मनमनका कुरा लेख्छन्। सरल र कलात्मक शब्दमा कविता लेख्ने ‘गृहस्थी कवि’ हुन् उनी।

भर्खरै उनको कविताकृति ‘अक्षरभरि अक्षता’ प्रकाशित भएको छ। साहित्यप्रेमी शुभेच्छुक मेघराज आचार्यले प्रकाशन गरेको पुस्तकमा २९ थान कविता छन्। साउन ११ गते पोखरा थिएटरमा यो पुस्तक लोकार्पण हुँदैछ।

यसअघि उनका दुइटा गीतसंग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ प्रकाशित भएका थिए भने एउटा गजल संग्रह ‘प्रणय वेदका ऋचाहरू’ प्रकाशित छ। रेडियोमा रेकर्ड भएका उनका केही गीत चर्चित छन्। 

स्वदेश तथा विदेशमा उनको माग बढ्दो छ। उनले कविता र गजलको १८ औं पटक एकल वाचन गर्न भ्याइसके। शुभेच्छुकहरू दसैंताका काठमाडौंमा उनलाई एकल कविता वाचनमा उभ्याउने चाँजोपाँजो मिलाउँदै छन्।

प्रकाशित: ४ श्रावण २०७६ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App