होमियोप्याथिक विधिमा एउटै औषधिकाे प्रयाेग

शनिबार, ०४ साउन २०७६, ०९ : २१ नागरिक

होमियोप्याथिक उपचार पद्धति कस्तो हो ? यो पद्धतिले बोकेको मान्यता के हो ? र कस्ताकस्ता बिरामी निको भइरहेका छन् ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले हिज होलिनेस बुद्धमैत्रीय ट्रिटमेन्ट एन्ड हिलिङ सेन्टरका होमियोप्याथिक चिकित्सक डा. राजेश प्रधानांगासित गरेको कुराकानीको अंश:

होमियोप्याथिक चिकित्सा सुरु गरेको कति वर्ष भयो ?
२० वर्ष भयो। कोलकाताको प्रतापचन्द्र मेमोरियल होमियोप्याथिक कलेजमा अध्ययन गरेपछि नेपाल फर्किएँ र यो पेसामा लागेको हुँ।

यो चिकित्सामा तपाईंको रुचि कसरी जाग्यो ?
मेरो बुबा पनि होमियोप्याथिक पेसामै संलग्न हुनुहुन्थ्यो। बुबाको क्लिनिकमा म पनि बस्थें। त्यही भएर होला मलाई यही विषय पढ्न रुचि जाग्यो।  

नेपालमा होमियोप्याथिक अस्पताल कति छन् ?
नेपालमा सरकारी स्तरको एउटा मात्र  पशुपति होमियोप्याथिक चिकित्सालय पुल्चोकमा छ। तर निजी क्षेत्रमा भने धेरै क्लिनिक खुलेका छन्।

–सिद्धान्तविपरीत एकै पटकमा धेरै औषधि बिक्री गर्ने गलत प्रवृत्तिले होमियोप्याथिक चिकित्सा स्थापित हुन नसकेको हो ।

सरकारी स्तरमा अवसर नभएकाले निजी क्लिनिक खोलिएका हुन् ?
सरकारी तहमा जम्मा तीनजनाको सिट छ। तर नेपालमा दुई सयभन्दा बढी होमियोप्याथिक चिकित्सक छन्। तर भएका सबैजसोले होमियोप्याथिक सिद्धान्तमा अभ्यास गरेका छैनन्। यो चिकित्साका जन्मदाता श्यामल हनिमनले पत्ता लगाएको उपचार विधिअनुसार सेवा दिने औंलामा गन्न सकिन्छ।

को हुन् उनीहरू ?
यहाँ नाम नलिऔं। अरू सबै सिद्धान्तविपरीत धेरै औषधि दिने काम गरिरहनुभएको छ। त्यसकारण होमियोप्याथिक पद्धति पनि विज्ञान हो भन्ने मान्यता स्थापित हुन कठिन परिरहेको छ।  

 

–यो पद्धति इंग्ल्यान्ड हुँदै भारत र भारत हुँदै नेपालमा प्रवेश भएको हो । यसलाई राणाकालमै वैधता दिइएको थियो ।

अन्य चिकित्साजस्तो यो पद्धति त्यति फस्टाएको देखिन्न नि ?
होमियोप्याथिकको सिद्धान्तअनुसार बिरामीलाई एकपटकमा एउटै पदार्थबाट बनेको एक नामको औषधि मात्र दिने हो। तर बजारमा सिद्धान्तविपरीत एकै पटकमा धेरै औषधि बिक्री गर्ने गलत प्रवृत्तिले यो चिकित्सा स्थापित हुन सकेको छैन।  

एउटै पदार्थको औषधिले निको हुन्छ ?
निको हुनका लागि अर्कै सिद्धान्त छ। रोग लाग्ने भनेको हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक शक्तिको कमजोरीले हो। हाम्रो शरीरभित्र एउटै मात्र प्रतिरोधात्मक शक्ति छ। त्यसकारण एउटा प्रतिरोधात्मक शक्तिलाई उठाउन एउटै मात्र औषधि हुन्छ।

कुन औषधि हो त्यो ?
बिरामीले देखाएका लक्षणका आधारमा औषधि जति पनि छन्। तीमध्ये कुनै एक मात्र। यी औषधि प्रमाणित गराई प्रयोगमा ल्याइएका  हुन्। जस्तो एकजना व्यक्तिमा प्रमाणित गराउँदा स्वस्थ व्यक्तिले लक्षण चिह्न दिन्छ। त्यो लक्षण म्याट्रोमेटिक भन्ने पुस्तकमा अभिलेख राखिन्छ।  त्यसमा हजारौं औषधि प्रमाणित गराइएका छन्। बिरामीले दिएका लक्षण जुन औषधिसित मिल्छ, त्यही मात्र दिने हो। त्यो औषधिको प्रयोगबाट बिरामीको लक्षण हराएर जान्छ भन्ने यो पद्धतिको सिद्धान्त हो। बिरामीको विगत, वर्तमान अवस्था सबै राम्रोसँग अध्ययन गरेपछि लक्षणको लेखाजोखा गरिन्छ।  यसका लागि ‘भितुल्कास कम्पास’ भन्ने सफ्टवेयर प्रयोग गरिन्छ। यो सफ्टवेयरले औषधि पत्ता लगाउन सहयोग गर्छ। यो सफ्टवेयर ग्रिसका प्राध्यापक जर्ज भितुल्कासले पत्ता लगाएका हुन्। उनको मस्तिष्क अनुसारको ग्रिसका इन्जिनियरले निर्माण गरेका हुन्। यो सफ्टवेयरबाट औषधि छनोट गरिन्छ। सफ्टवेयरले सहयोग गर्छ, औषधि भने चिकित्सकले छनोट गर्ने हो। नेपालमा मैले मात्र प्रयोग गरिरहेको छु।

 

–कमजोर हुनु भनेको नै बिरामीको रोदन हो । त्यो रोदन कुन अंगले दिइरहेको छ ? त्यो रोदन औषधिमध्ये कुनचाहिँ सित मिल्छ ? त्यही औषधि दिई उपचार गर्ने हो ।

एउटा मात्र औषधिले कसरी उपचार सम्भव छ ?
यो पद्धति होलियस्टिक एप्रोचमा आधारित छ। यो विधिअनुसार मान्छेलाई समग्रमा हेरिन्छ। मान्छे भनेको खालि नाक, मुख, टाउको, हातखुट्टा मात्र होइन। मान्छे भनेको मान्छेभित्र रहेको मानसिकता, भावना र शरीरको प्रत्येक अंगको समन्वय हो।  अरूको उपचार विधिमा हातका लागि अलग्गै, पेटका लागि अलग्गै औषधि दिइन्छ। हाम्रो उपचारमा  मान्छे बिरामी हुनु भनेको नै सो व्यक्तिको प्रतिरोधात्मक शक्ति क्षय हुनु हो। कुन प्रतिरोधात्मक शक्ति कमजोर छ भनेर बिरामीले दिएको लक्षण चिन्हले बताउँछ। कमजोर हुनु भनेको नै बिरामीको रोदन हो। त्यो रोदन कुन अंगले दिइरहेको छ ? त्यो रोदन औषधिमध्ये  कुनचाहिँ सित मिल्छ ? त्यही औषधि दिने हो।

औषधि मात्र कि थेरापी पनि दिनुहुन्छ ?
होइन, औषधि उपचार दिन्छौं। लक्षण चिह्नलाई आधार मानेर औषधि दिने हो। रोगको नाममा होइन।

–बिरामीको विगत र वर्तमान अवस्था सबै अध्ययन गरेपछि लक्षणको लेखाजोखा गर्न ‘भितुल्कास कम्पास’ भन्ने सफ्टवेयर प्रयोग गरिन्छ । जसले औषधि पत्ता लगाउन सहयोग गर्छ ।

यो चिकित्साको उत्पत्ति कहाँ भयो र कुन देशमा बढी प्रचलित छ ?  
पहिला युरोपमा बढी प्रचलित थियो। अहिले सबैभन्दा यो उपचार पद्धतिको प्रचलन छिमेकी राष्ट्र भारतमा छ। दुई सयभन्दा बढी होमियोप्याथिक कलेज छन्। यसलाई केन्द्रीय सरकारले नै प्रवद्र्धन गरिरहेको छ।

उत्पत्ति नै भएको देशमा यसको प्रचलन किन कम छ ?
ती देशमा पनि प्रचलन छ। ती देशमा होमियोप्याथिक चिकित्सक अध्ययनका लागि  पहिल्यै एमबिबिएस गर्नुपर्ने प्रावधान छ। तर भारतमा आइएस्सी पढेको विद्यार्थीले पाउँछ। अहिले प्राध्यापक जर्ज भितुल्कासले अर्को पाठ्यक्रम डिजाइन गरेका छन्। त्यो कोर्स अध्ययन गर्ने चलन पनि बढेको छ। यो उपचारमा आजका चिकित्सकले खोजेजस्तो धेरै औषधि बिक्री गरेर लाभ लिन सक्दैनन्। त्यसकारण पनि सबैको रुचि नबढेको हुनसक्छ। तर यो उपचारबाट एलोप्याथिक चिकित्सकसमेत प्रभावित भएका थिए। यो पद्धति हनिमनकी दोस्री पत्नीमार्फत फ्रान्समा उत्कर्षमा पुगेको थियो। इंग्ल्यान्ड हुँदै भारत र भारत हुँदै नेपालमा यसको प्रवेश भएको हो। यसलाई राणाकालमै वैधता दिइएको थियो। त्यही क्रममा पशुपति होमियोप्याथिक अस्पताल बन्न पुगेको हो। बिरामीलाई समय लाग्ने र धेरै औषधि दिन नपाउने भएपछि मानिस व्यापारीकरणतिर लागे।

दैनिक कति बिरामी हेर्नुहुन्छ ?
हामीले नयाँ बिरामीलाई कम्तीमा एक घण्टा सयम दिन्छौं। दैनिक चारजना नयाँ बिरामी र बाँकी पुराना गरी १५÷२० जना हेर्छौं। हाम्रो उद्देश्य संख्या होइन, गुणात्मकतालाई हेर्ने हो। एकजना बिरामीलाई औषधि खानु नपर्ने अवस्थामा पु¥याउने हो।

होमियोप्याथिक उपचारको बिरामीलाई के फाइदा हुन्छ ?
तीनवटा फाइदा हुन्छन्। एउटा औषधिको भर पर्नुु अवस्थाबाट मुक्ति, अर्को रोगको दासताबाट मुक्ति र तेस्रो उपचार खर्चको दासत्वबाट मुक्ति  हुन सक्छ। किनकि यो उपचारमा चिकित्सकले औषधिको भन्दा मस्तिष्कको पैसा लिन्छन्।

–यो उपचारमा चिकित्सकले औषधिको भन्दा मस्तिष्कको पैसा लिन्छन् ।

कस्ता र कति बिरामी आउँछन् ?
पेटदेखि लिएर खुट्टा, युरिक एसिड, बाथदेखि सबै रोगका बिरामी आउँछन्।

कसरी आइपुग्छन् ?
उपचार गरेर गएका बिरामीमार्फत आइपुग्छन्। कतिपय मेरो वेभसाइट हेरेर पनि आउँछन्। एउटा मात्र औषधि दिएर पठाउँदा उनीहरू अचम्म मान्छन्।

प्रतिरोधात्मक क्षमता बढाउन दिइने चिज के हो ?
प्रतिरोधात्मक शक्ति लक्षणअनुसारको दिन्छौं। त्यहीअनुसार औषधि दिने र प्रतिरोधात्मक क्षमता बढाइदिने हो।

दुर्घटनामा परेका बिरामी पनि आउँछन् ?
आकस्मिक बिरामी आउँदैनन्। पुराना रोगी र नयाँ  रोग मात्र हेर्छौं। बढी पुराना  रोग हेर्र्छौं। किनकि तीव्र रोगमा मान्छेले ट्याबलेट किनेर खाइहाल्छ। उसले बुझेको हुँदैन कि यस्तो बेला खाइने औषधिले पछि गएर क्रोनिक रोग बन्छ।

कस्ताकस्ता बिरामीलाई यो पद्धतिमार्फत उपचार गर्नुस् भन्न सकिन्छ ?
स्त्रीरोग, पिनास, बाथ, पेट, टाउको दुख्ने, मुटु, मिर्गौलालगायतमा समस्या देखिएका  सबैखाले बिरामीलाई यो पद्धतिअनुसार उपचार गर्न भन्न सकिन्छ। यहाँ सबैखाले बिरामी आउँछन्। कतिपय बिरामीलाई एलोप्याथिक चिकित्सकले हामीकहाँ पठाउँछन्।

 

–स्त्रीरोग, पिनास, बाथ, पेट, टाउको दुख्ने, मुटु, मिर्गौलालगायतमा समस्या देखिएका सबैखाले बिरामीको होमियोप्याथिक पद्धतिमार्फत उपचार गर्न सकिन्छ ।

अन्य होमियोप्याथिक क्लिनिक सही छैनन् भनेर बिरामीले कसरी थाहा पाउने ?
एकभन्दा बढी औषधि दिनेबित्तिकै उनीहरू सिद्धान्तबाहिर छन् भनेर बुझ्नुपर्छ।

एकभन्दा बढी औषधि दिँदा बिरामीलाई कस्तो असर पर्छ ?
एक त शक्तिको क्षयीकरण हुन्छ। सैद्धान्तिक पुस्तकमा यो कुरा छ कि होमियोप्याथिक उपचारमा एकभन्दा बढी औषधि खाएमा अप्राकृतिक रोग उत्पन्न हुन सक्छन्। जुन निको पनि हुन हुँदैनन्। त्यसकारण श्यामल हनिमनले कुनै पनि अवस्थामा एउटाभन्दा बढी औषधि दिनुहुँदैन भनेका छन्।

प्रतिरोधात्मक शक्ति कमजोर हुने कारण केके हुन् ?
प्रतिरोधात्मक शक्ति विभिन्न प्रकारले कमजोर हुन्छ। वंशाणुगत रूपमा लिएको गुण, जन्मेदेखि अहिलेसम्म पाएको वातावरण, काम, खानपान तथा उसले प्रयोग गरेको एन्टिवायोटिक र स्टोराइज यी कुराले प्रतिरोधात्मक क्षमताको अवस्था निर्धारण गरेको हुन्छ।

कस्ता बिरामीलाई होमिप्याथिक चिकित्सककोमा जाऊ भनौं ?
 जुनसुकै बिरामीलाई जान भन्न सकिन्छ। बिरामीको जाँच गरेपछि मात्र पूर्ण सामान्य अवस्थामा फर्काउन सक्ने या नसक्नेबारे भन्न सकिन्छ। साथै कुन बिरामी निको हुने र कुन निको नहुने कुरा त्यति बेला थाहा हुन्छ।







यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad