'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

शुक्रबार, ०३ साउन २०७६, १८ : ५९ मिथिलेश यादव

सिरहा– नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

अनुगमनको क्रममा औरही गाउँपालिका २ तुलसिपुरमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारले समयमै राहत उपलब्ध नगराउँदा यस भेगका बाढी पीडित थप पीडा भोग्न बाध्य भएको बताए।

नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेर पनि बाढी पीडितका लागि आफूसहित नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले आ आफ्नो तलबबाट भए पनि सहयोग गर्ने घोषणा गरेको उनले बताए।

बाढीपीडितहरुका लागि कांग्रेसका संघीय सासदले पाँच दिन र प्रदेश सांसदले १० दिनबराबरको तलब दिने घोषणा गरि सकेको जानकारी पनि देउवाले गराए।  उनले अब बस्ने प्रतिनिधिसभा बैठकमा बाढीपीडितको पुनस्र्थापना र राहतका लागि जोडदार आवाज उठाउने पनि बताए । उनले भने,‘सात दिनका लागि संसद स्थगित छ, संसद सुरु भएपछि हंगामा गर्छु।’ विपद् व्यवस्थापन गर्न सरकार पूर्णतः उदाशिन, असंवेदनशील देखिएको उनको आरोप छ। 'विपद् व्यवस्थापनमा जुन हिसावले पूर्व तयारी हुनुपथ्र्यो त्यसमा सरकार पूर्णतः चुकेको छ,' उनले भने,‘प्रदेश २ का बाढी प्रभावित जिल्लाहरुमा राहतका लागि ढुबानपीडितहरु हारगुहार गर्दैछन । तर, सरकार माथिमाथि उडेर आनन्द लिँदै छन्,।’

‘संघीय सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर माथिबाटै हेरेर फर्के हामी अहिले मधेशको जिल्लामा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दैछौँ,’ देउवाले भने। बाढीबाट घर पूर्ण रुपमा गुमाएकाहरुलाई सरकारले बासको व्यवस्था गर्नुपर्ने उनले सरकारसँग माग गरे।

भारतीय बाँधका कारण पनि मधेसका बस्तीहरु डुबानमा परेका छन्, यो घटना दोहरिन नदिनको लागि सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल चलाउनुपर्ने उनको सुझाव छ। संसद सुरु भएपछि मधेसका डुबानपीडितहरुको आवास, राहतका लागि जोडदार माग राख्ने उनले बताए।
 






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad